सुरेन्द्र मेहता – इनरूवा ।
“सके सहयोग गरौ नसके घरमै सुरक्षित बसौ” भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियान को सन्योजक गुनानन्द महतो सहित को टोलि राहत सामग्री सहित घरघरमा वितरण गरेका छन् ।राहत सामग्री लिएर बिराटनगर महानगरपालिकाको वाडा नम्बर १,५, र १२ को गरिब तथा अति बिपन्न परिवारमा खाद्यान्न सामाग्री बितरण गरेका छन् ।
काेराेना महामारीको समयमा हातमुख जाेड्न नसकिने गरिव परिवारका सदस्यहरूलाई अहिले राहत सामग्री पाएपछि उनीहरू खुशी भएका छन् । केही काेराेना प्रभावित स्थानीयहरुलाई खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल पाउँदा निकै खुसी भएको कुशवाहा राहत संकलन महाअभियानका सदस्य तथा महाअभियन्ता रामनारायण मेहताले जानकारी दिए ।
उनलेे भने हाम्रो महाअभियान जारी छ । बन्दा बन्दी को समय लम्बियो भने फेरि राहत सामाग्री लिएर आउँछौं तपाईंहरु ढुक्क भएर बस्नु कुनै पनि समस्या भयो भने तुरुन्तै हामीलाई जानकारी गराउनु समाजिक दुरी कायम गरि बस्नु घरमै बस्नु सुरक्षीत भएर बस्नु भन्ने अस्वाशन स्थानीयहरूलाई अर्को माहाअभियन्ता सुरेश महतोले आग्रह गरे ।
महाअभियानका अर्का सदस्य तथा महाअभियन्ता बब्लु मेहताका अनुसार हामीले पहिलो चरणमा स्वास्थ सामाग्री बितरण गरेका थियौ अनि शनिबारबाट दोस्रो चरणका अभियान मा खाद्यान्न सामाग्री उपलब्ध गराएकाे बताए ।
खाद्यान्न सामाग्री महानगरपालिकाको सबै वार्डका गरिब तथा अति बिपन्न परिवारहरूलाई बाड्ने सम्पूर्ण तयारी भैसकेको छ बिस्तारै संकटमा परेका सबै घरमा जाने कुशवाहा राहत संकलन तथा वितरण महाअभियानका संयोजक गुनानन्द महतोले जानकारी दिए ।
महाअभियानका वरिष्ठ सदस्य मङ्गल महतोले सबै सहयोगी हातहरुलाई आ आफ्नो ठाउँबाट स्वेच्छाले सक्ने सहयोग गरि महाअभियानलाई सफल बनाईदिन अनुरोध गरेका छन् ।
आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा
काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको...










Discussion about this post