इनरुवा। सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट भाेक्राहा नरसिंह वार्ड नं.८ उल्टीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएपछि बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको छ ।
सुनसरी जिल्लाको सीमावर्ती क्षेत्र भारतको बसमतिया बजार र बेला टासिंएको कारण गाँजा तस्करहरूले मकै बारीमा लुकाएर राखिएको गाँजा विशेष सुचनाकाे आधारमा उल्टीका सशस्त्र प्रहरी निरिक्षक महेश केसी सहितको टाेलीले बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको हाे ।
भोक्राहा नरसिंह गाँऊपालिका–८ स्थित दशगंजा क्षेत्र नजिक रहेकाे सिशुवा धर्मपुर नजिकै रहेकाे १९५ नं. काे पिलर नजिक मकैबारी बाट अबैध लागू औषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी निरक्षक केसीले जानकारी दिए ।
उनको जानकारी अनुसार आज करिब २ बजे दिउँसो नै
तस्करले सीमावर्ती क्षेत्रमा तैनाथ रहेको सशस्त्र प्रहरीको सुरक्षाकर्मीहरूकाे गस्ती देखेपछि गाँजा मकै बारीमा फालेर भागेको बताए ।
मंगलबार दिउँसो चर्को घाम सँगै जिल्लामा लगाइएको निषेधाज्ञाकाे कारण सबै जना आ–आफनो घरमा भएको मौका छोपी तस्करहरुले गाँजा भारत तर्फ लैजाने मनश्यले मकैबारीमा फालेर फारार भएको हुन् सक्ने प्रहरीको अनुमान छ ।
सशस्त्र प्रहरीले विशेष सूचनाको अधारमा ५ बोरामा प्याकिङ गरिएको एक सय दुई केजी गाँजा बरामद गरिएको उल्टी विओपीका सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
बरामद गरिएका १ सय २ केजी गाँजा कानुनी प्रक्रिया पूरा गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको सशस्त्र प्रहरी बल उल्टी विओपीका सशस्त्र प्रहरी निरीक्षक केसीले बताए ।
Discussion about this post