सुरेन्द्र कुशवाहा
भोक्राहा। सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ मा रहेको सुनोलो विहानी सामुदायिक सिकाइ केन्द्रले भोक्राहा नरसिंह वार्ड नं.२ मा रहेको प्रहरी चाैकीलाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।
फ्रन्ट लाइनमा निरन्तर काम गर्ने भाेक्राहा नरसिंह वार्ड नं. २ का सुरक्षाकर्मीहरूलाई सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुनिल कुमार साह सहितका टाेलीले बुधबार स्वास्थ सामग्री हस्तान्तरण गरिएको हो ।
विश्वभरी कोरोना महामारीको समयमा जनताको जन ,धन सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुलाई महामारी बाट बच्नका लागि सामुदायिक सिकाइ केन्दले भोक्राहा नरसिंह वार्ड नं. २ का प्रहरी चाैकीका इन्चार्ज जीवन कार्की लाई स्वास्थ सामग्री प्रदान गरिको कार्यक्रमका संयोजक सुब्बा लाल मेहताले बताए ।
कार्यक्रम संयोजक मेहताका अनुसार स्वास्थ सामग्री अन्तर्गत माक्स ५०० पिस, N 95 माक्स १६ पिस , सेनिटाइजर ५ लिटर ,साबुन१२ पिस ,फेस सिल १० पिस गलाेवस् १०० पिस लगायतका स्वास्थ सामग्री प्रहरी चाैकीका इन्चार्ज कार्की लाई हस्तान्तरण गरिएको छ।
चाैकीका इन्चार्ज कार्कीले आफुहरुलाई महामारीको समयमा स्वास्थ सामग्री उपलब्ध गराएर सहयोग गर्नु भएकोमा धन्यवाद दिदै संस्था प्रती अभार प्रकट गरेका थिए ।
साे हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भोक्राहा शाखाका अध्यक्ष युवराज दहाल,वार्ड २ का वडाअध्यक्ष आलम अन्सारी , वार्ड न. ४ का वडाअध्यक्ष हारुन अन्सारी ,वार्ड न .१ का वडा सदस्य सत्यनारायण मेहता, समाज सेवि सराज हुसेन, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष साहले जानकारी दिए ।
Discussion about this post