
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरिएको छ ।
गरिबी उत्थान कृषक समूह भाेक्राहा नरसिंह वार्ड नं.७ का अध्यक्ष राकेश कुमार मेहताले आर्थिक अवस्था कमजोर भएका स्थानीय ५० जना भन्दा बढी किसानहरूलाई धानकाे बीउ वितरण गरिएको बताए ।
साे समुहलाई भाेक्राहा नरसिंह गाउपालिका अन्तरगतका कृषि शाखाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई उन्नत जातकाे धानको बीउ वितरण गर्न कार्यक्रम उपलब्ध गराएपछि निष्पक्ष तरिकाबाट वितरण गरिएको वार्ड नं.७ का वडाध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि तथा मिथिला कृषि सहकारी संस्था लिमिटेड भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का अध्यक्ष राजेन्द्र मेहताले भने ४ वर्षको अवधिमा किसानहरूको लागि गाउँपालिका अन्तरगत कृषि शाखाका प्रमुख रेनुका चाैधरीले महामारीको समयमा पनि किसानहरूकाे लागि सानाे सहयोग गरेपनि किसानहरू खुशी भएको बताए ।
उनले कार्यक्रममा बाेल्दै ” गाउँपालिकाले अगामी दिनमा कृषि क्षेत्रमा थप बजेट छुट्टाउनु पर्ने, किसाहरूकाे घरघरमा पुगेर अवस्था बुझ्नुपर्ने तर्क दिए ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एंव कृषि शाखा प्रमुख रेनुका चाैधरीले कार्यक्रममा बाेल्दै अबका दिनमा भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगतका ८ वटै वडाका किसानहरूकाे लागि कुनै किसिमको भेदभाव नगरीकन समान रूपमा सहकारी मार्फत ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्न विभिन्न ११ वटा समूह तथा सहकारीसँग सम्झौता गरिएको बताए ।
यता कार्यक्रमका सहभागी सन्देश कृषि सहकारी संस्था लिमिटेड भाेक्राहा नरसिंह वार्ड नं.१ का अध्यक्ष रूद्रनारायण साहले भने ४ वर्षमा पहिले पटक यस पालिकाले किसानहरूकाे लागि ५० प्रतिशत अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा हामी खुशी भएको बताए ।
उनले भने पालिकाले आगामी दिनमा थप कार्यक्रम किसानहरूकाे लागि सञ्चालन गर्नुपर्ने , सञ्चालित कार्यक्रमकाे निगरानी गर्नुपर्नेमा जाेड दिए ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post