सुरेन्द्र कुशवाहा – भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न .२ स्थित अन्सारी टोलमा हिजो मंगालबार आगलागी भएको छ ।
गाई गोठमा बाल्लेको घुरा बाट अचानक आगो सल्लके पछी तीन वटा घर जलेर नष्ट भएको स्थानीय अगुवा राजनीतिकर्मी सेराज हुसेनले जानकारी दिए ।
स्थानीय हुसेनका अनुसार आगलागी बाट एहसान अन्सारीको एक घर ,रसिद अन्सारी एक घर ,रुसतुम अन्सारीको एक घर लगायतका तीन घर पुर्णरूपमा जलेर नस्ट भएको भोक्राहा नरसिंह प्रहरी चोकिका इन्चार्ज जीवन कार्कीले जानकार दिए । इन्चार्ज कार्कीका अनुसार आगलागी बाट जम्मा १५ लाख बराबरको क्षती भएको छ ।
आगलागी नियन्त्रण गर्नका लागि स्थानीयबासिहरु , स्थानीय प्रहरी ,कोशी गा पा र इनरुवा नगर पालिका बाट आएको बरुणयन्त्रको सहयोगमा करिब डेढ घन्टा पछी आगो पुर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी चौकीका इन्चार्ज कार्कीले बताए ।
Discussion about this post