• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अनुदानमा कृषि सामग्री वितरण

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ असार ९ गते, १४:२५ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, स्थानीय खबर
अनुदानमा कृषि सामग्री वितरण
37
SHARES
Share on FacebookShare on Twitter
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ बलुवाटारका किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत कृषि शाखाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र अन्तरगतको मकै उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि किसानहरुको लागि ५० प्रतिशत अनुदानमा भोक्राहा साना कृषि सहकारी संस्था लिमिटेड मार्फत कृषि सामग्री उपलब्ध गराएको कृषि शाखा प्रमुख रेनुका चौधरीले जानकारी दिइन् । कृषि शाखा प्रमुख चौधरीका अनुसार मकै बालीमा किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि सरकारले उपलब्ध गराएको अनुदानको रकमको सही सदुपयोग गर्दै ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री संस्था मार्फत वितरण गरिएको बताइन् । मंगलबार भोक्राहा साना कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह वार्ड नं. १, बलुवाटार, सुनसरीले किसानहरुलाई ५० प्रतिशत अनुदानमा २ हर्ष पावरको पानी तान्ने विद्युतिय मोटर,पावर स्प्रे मेसिन र त्रिपाल वितरण गरिएको छ भने किसानहरुलाई आवश्यकता अनुसार जिंग सतप्रतिशत अनुदानमा वितरण गरिएको संस्थाका अध्यक्ष उमेश कुमार मेहताले जानकारी दिए । उनको भनाई अनुसार २ हर्ष पावरको पानी तान्ने विद्युतिय मोटर १६ जना वितरण गरिएको छ भने २३० जना किसानहरुलाई त्रिपाल र १०८ जना किसानहरुलाई पावर स्प्रे मेसिन वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले कृषकहरुलाई आगामी दिनमा पनि आवश्यक कृषि सामग्री वितरण गरीने बताइन्् । उनले कार्यक्रममा बोल्दैँ किसानहरुलाई सहजताका लागि अनुदानमा उपलब्ध गराएको विद्युतीय मोटर, त्रिपाल, पावर स्प्रे मेसिन, जिंक लगायतका कृषि समग्रीलाई सही सदुपयोग किसानहरुसँग आग्रह गरिन् । कार्यवाहक अध्यक्ष मेहताले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने जानकारी गराउँदै किसानहरुको समस्या र मर्कालाई बुझेर सम्बोधन हुने गरि अगामी आर्थिक वर्षमा बजेट ल्याउने भन्दै प्रतिवद्धता व्यक्त गरिन् । यता सो कार्यक्रमका विशिष्ट अतिथी एंव भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ का वडाध्यक्ष ललित कुमार थापाले भने यस क्षेत्रमा सुख्खा जमिन भएकोले गर्मी मौसममा तरकारी लगायतका अन्यबाली नालीमा समेत किसानहरुको घरघरमा आवश्यक कृषि सामग्री नहुँदा बालीनालीमा क्षति हुने गरेको बताए । उनले भने यस वर्ष बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र अन्तरगतको मकै उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वडाका किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएपछि किसानहरु केही मात्रामा सहज भएको बताए । यता कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष आलम अंसारी, वार्ड नं. ४ का वडाध्यक्ष हारुण अंसारी, नेकपा एमाले भोक्राहा गाउँ कमिटीका अध्यक्ष रामकुमार मेहता, पशुपति शिक्षा मन्दिर भोक्राहा नरसिंह वार्ड नं.२ का प्रधानाध्यापक पवन कुमार मेहता, श्यामा श्याम कृषि सहकारी संस्था भोक्राहा नरसिंह वार्ड नं. १ का प्रविन कुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका सहकारी शाखा प्रमुख सिताराम मेहता, आयोजक संस्थाका उपाध्यक्ष सुरेन्द्र मेहता लगायतको उपस्थिती रहेको थियो ।

Tags: अनुदानमाकृषि सामग्री वितरण

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist