मोरङ। मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक अभियन्ता गीतकार, गायक विष्णु राजवंशीले जीवन बचाऔं अभियान सञ्चालन गरी कयौं दर्जनौ परिवारलाई खाद्यान्न सहयोग गरेको छ। अघिल्लो वर्षको लकडाउन सुरु भए देखि गायक सङ्गीतकार विष्णु राजवंशी राहत सामाग्री वितरण गरेको थियो अतिविपन्न परिवारहरू लाई र यस पटक पनि जहदा गाउँपालिका, बिराटनगर महानगरपालिका, लगायत अन्य टसेका गाउँ पालिका राहत वितरण गरेको छ। जीवन बचाऔं अभियान सञ्चालन गरि सहयोग उपलब्ध गराई विपन्न परिवारहरूलाई राहत वितरण गरेको छ। कोरोना महामारीको वेला नेपाल सरकारले लगाएको निषेधाज्ञाको कारण मजदुरी गर्न समेत नपाएको विपन्न परिवारलाई खाद्य्यान सामग्री उपलब्ध गराउने उदेश्यका साथ भिलेज नेपाल शाखा कार्यालय जहादा वडा नं. १ र हातीबन्धा युवा क्लबले संयुक्त रुपमा संचालन गरेको ‘जीवन बचाऔं’ अभियानमा प्राप्त भएको सहयोग विपन्न परिवारलाई वितरण गरेको हो । कोरोनाको कहरका कारण नेपाल सरकारले लामो समय देखि लगाएको निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्न नसकेका कारण कोरोना कहरको दोस्रो लहरको चपेटामा परेका गरिव तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोड्न समस्या भएपछि ती परिवारलाई ‘जीवन बचाऔं’ अभियान निरन्तर खाध्यान्न समाग्री उपलब्ध गराई रहेको छ। जीवन बचाऔं अभियानले वितरण गरेका खाद्य्यान्नहरुमा दाल, चामल, नुन, खाने तेल, तथा स्वास्थ्य सामग्रीमा माक्स र सेनिटाईजर हरु रहेको छ। गायक। अनुसार ‘जीवन बचाऔं अन्तर्गत हाल जहदा, गाउँपालिका र विराटनगर महानगरपालिकाको विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । पहिलो चरणको लागि सहयोगी हातहरु आदर्श यूवा क्लवको अध्यक्ष आशिष साह, हृदय राजवंशी, जितु साह, संतोष साह, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, विनिता सिंह, सरोज वानियाँ, सुजित कुमार ठाकुर, पन्नालाल राजवंशी, डा. अमर कुमार यादव, रमेश कुमार मण्डल , फैयाज राइन , शिक्षक बालेश्वर राजवंशी जयराम यादव, प्रहरी जवान नारायण चौधरी, सरबन महतो लगायत सम्पूर्णलाई म व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद साथै अभियानको समूहले धन्यवाद ज्ञापन गर्दै अझ अभियानलाई सहयोग गर्न सहयोगी मनका धनीहरुलाई जीवन बचाऔं अभियान समूहले आग्रह समेत गरेका छन् ।
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...










Discussion about this post