इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ को लागि ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १० औ गाउँसभामा कार्यावाहक अध्यक्ष पुनमकुमारी मेहताले आगामी आ.व.का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारबरको बजेट सार्वजनिक गरेको हो ।
मेहताले प्रस्तुत गरेको बजेट अनुसार चालु तर्फ २६ करोड ८९ लाख ४५ हजार २३९ रुपैयाँ र पुजिंगत खर्च तर्फ २२ करोड ५३ लाख ४३ हजार २३७ रुपैयाँ सहित ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपियाँ व्ययको ल्याएको छ ।मेहताले प्रस्तुत गरिएको बजेटमा आम्दानी तर्फ नेपाल सरकारबाट ३९ करोड ७९ लाख ५१ हजार , प्रदेश सरकारबाट २ करोड ४६ लाख १० हजार ३ सय ४० , करुण फाउन्डेसनबाट १ करोड १८ लाख ५९ हजार आन्तरीक श्रोतबाट ६ करोड ९५ लाख ९ हजार ७ सय ३३ र पिएलजी एसपीको ३ लाख ५८ हजार ४ सय ३ गरी ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको हो ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सार्वजानिक गरेको कार्यवाहक अध्यक्ष मेहताले बताइन् ।
मेहताले गाउँक्षेत्रको विकासका लागि विद्यालय शिक्षामा गुणस्तरीयता देखी स्वास्थ्य संस्थाहरुको स्तरोन्ती सम्मको बजेट प्रस्तुत गरेकी छन् ।
प्रत्येक वडामा संचालन खर्च ८ सहित १ देखी ८ नं. वडा सम्म वडा कार्यालयको भवन निर्माण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कृषि तर्फ विभिन्न कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्यको स्वयंसेविकाहरुलाई अवलोकण भर्मण सहित औषधि खरिद गर्न ४० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी शिक्षा तर्फ कार्यक्रम खर्च गर्न मात्रै १९ शिर्षकमा ३६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले क्षमता विकासका लागि अभिमुखिकरण तालिम गोष्ठि सहितका कार्यक्रम समेत गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षको सम्झौता भई भुक्तानी हुन बाँकी रहेको १४ करोड ८ लाख ४३ हजार २ सय ३७ रुपैयाँ उल्लेख गरिएको छ ।
गाउँपालिकामा शसर्त तर्फको कार्यक्रमका लागि रोजगार प्रवद्र्धन कार्यक्रम तर्फ २१ लाख , दलित घर पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा १९ लाख सबैका लागि शिक्षा अधारभुत तहमा ५ करोड २५ लाख , माध्यमिक तह तर्फ ४७ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४८ लाख , राष्टिय परिचय पत्र तथा पञ्जिकरण तर्फ १६ लाख , प्रधानमंत्री रोजगार तर्फ ४० लाख, लघु उद्यम कार्यक्रम तर्फ ३२ लाख, खेलकुद तर्फ १ लाख, प्रधानमन्त्री कृषि आधुनीकरण कार्यक्रम तर्फ ३१ लाख , कृषि विभागको ४७ लाख , पशु विभागको ४ लाख, बहु क्षेत्रिय पोषण कार्यक्रममा ८ लाख रुपैँया विनियोजन गरिएको छ ।
त्यसैगरीसर्शत तर्फ नै स्वास्थ्य व्यावस्थापन कार्यक्रममा १ लाख, आर्युुवेद सेवा कार्यक्रम तर्फ ३३ लाख लगायतका नीति तथा कार्यक्रम सम्पन्न गरेको छ ।
Discussion about this post