इनरुवा । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ राष्ट्रिय धान दिवसको नारा सहित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय धान दिवस मनाइएको छ ।
असार १५ गते मंगलबार भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र कृषि शाखा प्रमुख रेनुका चौधरीले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.१ स्थित किसानहरुको खेतमै गएर धान रोपेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी र कृषि शाखा प्रमुख रेनुका गाउँपालिकाबाट सवेरै किसानको खेत पुगे, उनीहरुले किसानहरुलाई धान रोप्दैँ देखेपछि मन पग्लियो, झट् गाडीबाट बाहिर निस्कियो, किसानहरुले रोप्दै गएको धान खेत तिर लाग्यो, उनीहरुपनि धान खेतमा एक्कासी धान रोप्न थाल्यो, धान रोप्दैँ गरेको किसान सहित धान रोप्न आएको मजदुर चकित भए ।
धान रोप्दैँ गरेको किसान सहित धान रोप्न आएको मजदुर भने वाह, आज तँ हामी भाग्यशाली छौँ क्या ?
ज्याला मजदुरमा आएका एक जनाले भने उनीहरुपनि किसानको छोरी भएकोले सजिलै हामीसँग सँगै धान रोप्यो आज हामी पनि खुशी भएको बताए ।
गाउँपालिकाको कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा प्रमुख चौधरीले धान रोप्दै गरेको थाहाँ पाएपछि भोक्राहा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उमेश कुमार मेहता धान रोप्दैँ गरेको स्थानमा आफु हेर्नका लागि पुगेको बताए ।
मेहताले भने धान दिवसमा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी र कृषि शाखा प्रमुख रेनुकाले किसानहरुसँग हिलोमै धान रोप्न आउँदा किसानहरुको मनोवल अझ उच्च भएको महसुश गरेको बताए ।
हुनत् हो , किसानहरुको मनोवल उच्च किन नहुनु ? भोक्राहा नरसिंह गाउँपालिकाको कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा प्रमुख चौधरी जस्तो व्यक्ति किसानको खेतमा सँगै पुगेर धान रोप्दा किन मनोवल उच्च नहुनु उनले भने ।
प्रायःजसो जनप्रतिनिधि र कर्मचारी हिलोमा धान रोप्न जादैनन् बरु सेल्फी खिचाउन र समाजिक सञ्जालमा धान रोप्दैँ गरेको फोटो हाल्न मात्र खेतमा जाने गर्छन । तर भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मेहता र कृषि शाखा चौधरी किसानकै खेतमा गएर मजदुरसँगै धान रोप्दा किसानहरु खुशी भएको भोक्राहा किसान कृषि सहकारी संस्थाका अध्यक्ष मेहताले जानकारी दिए ।
यता आर्थिक वर्ष २०७९ -०७८ मा भोक्राहा नरसिंह गाउँपालिकामा धान उत्पादनमा वृद्धि गर्नका लागि विभिन्न सहकारी संस्थाहरु मार्फत किसानहरुलाई उन्नत जातको धानको बिउ समेत वितरण गरिएको छ ।
भने कोरोना भाइरसका कारण भोक्राहा नरसिंह गाउँपालिकामा बजेट अभावमा कारण यस आर्थिक वर्ष धान दिवस मनाउन कुनै किसिमको बजेट विनियोजन नगरिएको र किसानकै खेतमा गएर धान दिवस मनाइएको कार्यवाहक अध्यक्ष मेहताले जानकारी दिइन् ।
उता अगामी आर्थिक २०७८-०७९ का लागि कृषि क्षेत्रमा अनुमानित ९५ लाख रुपैयाँ विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
Discussion about this post