इनरूवा । पछिल्लो समय यता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले उदाहरणीय कामको सुरुवात गरिएको छ ।
स्थानीय तह निर्वाचन भएको चार वर्ष बितिसक्दा पनि गर्न नसकेको काम स्थानीय जनप्रतिनिधि तथा विकास प्रेमीको नामले देशभर नाम कमाउन सफल भएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भोक्राहा नरसिंह गाउँपालिकामा उदाहरणीय कामहरू सुरूवात गरिएको हो ।
सोमबार मात्रै भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ र वडा नं.८ को शिलान्यास गरिएको छ भने अन्य ६ वटा वडा कार्यालयहरूको भवनको शिलान्यास एक सता भित्रै सम्बन्धित वडाध्यक्षको समन्वयमा गर्ने योजना शाखाका योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।
भाडामा लिएर कामकाज गर्दै आएको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा सोमबार वडा कार्यालय भवनको सिलान्यास भएपछि त्यहाँका स्थानीयवासीहरूको अनुहारमा मुस्कान छाएको स्थानीय समाजसेवी प्रविन कुमार मेहताले जानकारी दिए ।
उता वडा नं.१ का वडाध्यक्ष ललित कुमार थापाको पहलमा जग्गादाताले निःशुुल्क प्रदान गरिएको जग्गामा सोमबार गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले संयुक्त रूपमा वडा कार्यालयको भवनको शिलान्यास गरेका छन् ।
वडाध्यक्ष थापाले आफ्नो कार्यकालमा वडावासीहरूलाई जहिले विकास गरेर देखाए, विभिन्न वाटोघाटो, मठ मन्दिर, बाटोबाटोको स्तरोन्नती, सडक कालोपत्रे र कार्यकालको अन्त्यमा वडाको महत्त्वपूर्ण काम वडा कार्यालयको भवन शिलान्यास गर्दा गाउँवासी सँगसँगै आफू समेत खुशी भएको बताए ।
उता वडा नं.८ मा पनि वडा कार्यालयको आफ्नै नहुँदा जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह वडा नं.८ को २ वटा कोठा लिएर वडा कार्यालयको प्रशासनीक कामकाज गर्दै आएको वडाध्यक्ष हात्तिम अंसारीले जानकारी दिए ।
वडा नं.८ का वडाध्यक्ष अंसारीका अनुसार आफ्नै भवन हुँदा वडा कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा सुविधा दिन सक्दा आफू दुःखी रहेको आत्मआलोचना समेत गरेका छन् । उनले अबका दिनमा वडाबासीहरूलाई पहिला दिनमा भएको समस्या पुनः कहिले फर्केर नआउने जानकारी दिए ।
वडा नं.८ मा पनि वडा पनि वडाध्यक्ष हात्तिम अंसारी, कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले संयुक्तरूपमा भवनको शिलान्यास गरेका हुन्।
Discussion about this post