• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मन्त्रालय विभाजन गर्न कार्यदल

प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर १२ गते, १७:२८ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, मुख्य पाना, स्थानीय खबर
मन्त्रालय विभाजन गर्न कार्यदल
12
SHARES
Share on FacebookShare on Twitter

विराटनगर / प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्न कार्यदल बनाएको छ। पाँचदलीय गठबन्धनले मन्त्रालय विभाजनका लागि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल बनाएको हो।

कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका कानुन सचिव सदस्य रहेका छन्। कार्यदलले सातवटा प्रदेशको मन्त्रालयको अवस्था हेरेर मन्त्रालय विभाजन गर्नेछ।

प्रदेश १ मा सातवटा मन्त्रालय छन्। सातमध्ये दुई मन्त्रालय फुटाउने लगभग सहमति भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमध्ये कुन फुटाउने भन्नेमा विवाद छ।

कार्यदलका संयोजक समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो अन्य प्रदेशको अभ्यास अध्ययन गरेर मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताउँदै उनले भने, ‘कार्यदलले अध्ययन गरेर एउटा प्रतिवेदन तयार गर्नेछ, प्रतिवेदनका आधारमा मन्त्रालयको क्षेत्राधिकार तय हुन्छ।’

आर्थिक अवस्था, कामको प्रकृति, आवश्यकता र अन्य प्रदेशको अभ्यास हेरेर प्रतिवेदन तयार गर्ने उनले बताए। प्रदेशका तीनवटा मन्त्रालय फुटाएर ९ देखि ११ वटा बनाउने सरकारको तयारी छ।

सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमध्ये जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भाग पाइसकेका छन्। काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट बन्ने मन्त्रीका लागि मन्त्रालय फुटाउने तयारी भएको हो।

सत्तारुढ दलभित्र मन्त्रीका आकाङ्क्षी धेरै भएका कारण मन्त्रालय विभाजन गर्नुपर्ने अवस्था आएको हो। प्रदेशमा कांग्रेसले ५, माओवादी केन्द्रले ३, नेकपा समाजवादीले २ मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन्।

मन्त्रालय बढीमा ११ वटासम्म बनाउने र आकांक्षी बढी भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सत्ता पक्षको तयारी छ।

पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन्। माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो, काङ्ग्रेसबाट हिमाल कार्की र केदार कार्की, जसपाबाट जयराम यादव मन्त्री बनेका छन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाम्फे राज्यमन्त्री बनेका छन्।

Tags: प्रदेशमन्त्रालयविभाजन

Related Posts

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”
FEATURE

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।...

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist