इनरुवा । पछिल्लो समय सुनसरीका तरकारी किसान तरकारी बेचैरे मालामाल हुने गरेको बताएको छ ।
केही महिना अगाडी सुनसरी सहीत विभिन्न जिल्लामा आएको बेमौसमी बाढीका कारण किसानहरुले लगाएको तरकारी बाली नष्ट भएपछि केही मात्रामा बचेको तरकारी बेचेर किसानहरु मालामाल भएको स्थानीय किसान रामनारायण मेहताले जानकारी दिए।
स्थानीय किसान मेहताका अनुसार बेमौसमी बाढीका कारण आफुले लगाएको तरकारी बालीमा क्षति पुगाएको र केही जग्गामा पम्पसेटको प्रयोग गरेर तरकारी बाली लगाएको जग्गाबाट पानी निकालेर तरकारी नष्ट हुनबाट बचाएको तरकारी बेचेर अहिले राम्रो आम्दानी भइरहेको बताए ।
उनका अनुसार साग एक पाउ (२ सय ग्राम) को १५ रुपैयाँ, काउली पाउकै ७० रुपैयाँ देखी ८० रुपैयाँ, बन्दा काउली ४० देखी ५० रुपैयाँ, हरियो खुर्सानी ७० देखी ८० रुपैयाँ सम्म बिक्री हुने गरेको बताए ।
उता बजारमा तरकारीको मुल्य अकासिएको कारण उपभोक्ताहरु तरकरी किन्न बनेको स्थानीय तरकरी व्यापारी बद्री मेहताले जानकारी दिए ।
अहिले स्थानीय बजार इनरुवा, भुटाहा, हरिनगरा, भोक्राहा नरसिंह गाउँपालकाको चिरौली चौक, लौकही, प्रकाशपुर, राजाबास, चक्रघटी लगायतका बजारहरुमा तरकारीको मूल्य बढेका छन् ।
सो बजारहरुका तरकारी किनमेल गर्न आउने उपभोक्ताहरु तरकारी किन्न बाध्य बनेको लौकहीका स्थानीय पंकज दासले जानकारी दिए ।
उनले भने तरकारी भन्दा माछामासु सस्तो हुन्छ जस्तो लाग्छ तर के गर्न कति दिन माछामासु खाएर बस्न सक्छु र तरकारी खानैपर्छ त्यहीँ भएर बाध्यताबस तरकारी किन्ने गरेको बताए ।
यो एउटा उदाहरण मात्रै हो बास्तवमा अहिले बजारमा प्याजबाहेक सबै हरियो तरकारीको मूल्य छोइनसक्नु छ ।
उता मूल्यवृद्धि नियन्त्रणमा सरकारी प्रयास फितलो हुँदा व्यापारीले मनपरी मूल्य बढाइरहेका छन् । एकतर्फ उत्पादन घटेको बहानामा तरकारी महँगिएको छ भने अर्कोतर्फ व्यापारीले मनोमानी ढंगले भाउ तोक्दा उपभोक्ता मारमा छन् ।
दैनिक उपभोग्य वस्तुसँगै तरकारीको भाउ बढेपछि आम्दानीले घरव्यवहार चलाउनै हम्मे परेको देवानगञ्ज गाउँपालिका वार्ड नं.१ बस्दै आएकी सुनिता मण्डलले बताइन् । ‘तरकारीको भाउ धान्नै नसक्ने भयो,’ टेलरिङ व्यवसाय गर्ने मण्डलले भनिन्, ‘अब बालबच्चालाई हरियो तरकारी कसरी खुवाउने ?
निम्न आम्दानी भएका, ज्यालादारी काम गर्ने, विद्यार्थी मारमा परेका छन् । व्यापारीले अधिक नाफा राख्ने गरेको भोक्राहा नरसिंह वार्ड नं.७ का किसान बिरेन्द्र यादवले बताए । ‘हामीसँग सस्तोमा लगेर महँगोमा बेच्छन्,’ उनले भने,
‘बीचका व्यापारीले धेरै नाफा खाए । किसान र उपभोक्ता सबै ठगिएका छन् ।’
Discussion about this post