इनरुवा । सुनसरी जिल्लाका केरा किसानहरु गवाँरो रोगबाट चिन्तीत बनेका छन् ।
जिल्लाका दक्षिणवर्ती क्षेत्रका किसानहरुले नगदे बालीको रुपमा केरा खेती लगाएपनि उनीहरु चिन्तीत बनेका हुन् ।
केही महिना अघि आएको बेमौसमी बाढीका कारण जिल्लाका अधिकांश केरा खेतीमा पानी जमेको कारण सुकेपनि हाल केरामा केही वृद्धि भएपनि खेतीमा गवाँरो रोगको प्रकोप देखिएको किसानहरुले बताएका छन् । सो रोगका कारण जिल्लाका भोक्राहा नरसिंह गाउँपालिका, इनरुवा नगरपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिका लगायतका किसानहरु चिन्तित बनेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का केरा किसान उपेन्द्र यादवको जानकारी अनुसार गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ । कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुक्न थालेको बताए ।
उनले भने साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको जानकारी दिए ।
उनले लगाएका ७ हजार केराका वोटमध्ये ५ सय भन्दा बढी केराको वोट गवाँरोका कारण मरेका बताए ।
उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...










Discussion about this post