इनरुवा । सुनसरी जिल्लाको गाउँ घरमा किसानहरुले पशु आहारको खोजी सुरु गरेका छन् ।
केही महिना अगाडी आएको अबिरल वर्षाका कारण सुनसरी जिल्ला सहित देशको विभिन्न गाउँ देखी शहरमा आएका बाढीले कारण मानवसँगै पशु चौपया पीडित बनेका थियो ।
पीडित बनेका मानवहरुलाई विभिन्न सहयोगी संस्थासँगै स्थानीय तहहरुले राहत गरेका पनि पशु चौपायाहरुको आहारका लागि कुनैपनि निकायले केही नगरेपछि किसानहरुले पशु आहारको खोजी सुरु गरेका छन् ।
पशु किसानहरुले आहारका लागि अहिले विभिन्न जिल्लामा पराल खोज्न व्यस्त बनेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ का स्थानीय पशु किसान सदान्नद यादवले जानकारी दिए ।
स्थानीय पशु किसान यादवका अनुसार अहिले गाउँ घरमा पशुलाई पालन कठिन रहेको बताउँदै आफु लगायत गाउँघरका सयौ किसानहरु अन्तर पालिका तथा अन्तर जिल्लामा पशु आहारको खोजी सुरु गरेको बताए ।
उनले भने पशु आहारको लागि अहिले पशु किसानहरु सुनसरीको इनरुवा,वबिया,औरावनी,छपकी, चाँदबेला, मोरंग जिल्लाको सुन्दरहरैचा, बवियाबिर्ता, इक्राही,जतुवा लगायतका ठाउँबाटमा मंहगो मूल्यमा पराल किन्न बाध्य बनेको जानकारी दिए ।
उता सस्तो मूल्यमा पाइने परालको मूल्यमा अहिले दोब्बर वृद्धि भएको र पराल खोज्न समस्या भएको किसानले गुनासो गरेका छन् ।
एक किसानले भने मोरंग जिल्लामा किनेको पराल सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका सम्म ल्याउनका लागि ५ हजार सम्म भाडा तिर्नु परेको बताए ।
यता सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका किसानहरुले लगाएको धानबालीमा बाढीको पानी पस्दा धानको बोटमा माटो मिसिएका कारण पशु आहारमा संकट परेको हो ।
Discussion about this post