मान बहादुर ठकुल्ला
भजनी / सशस्त्र प्रहरीले कैलालीको भजनीबाट एक थान भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी – ३ का अजय चौधरी, तुल्सीराम चौधरी र दयाराम चौधरी रहेका छन ।
हुलाकी राजमार्गमा खटिएको सशस्त्रको सीमा सुरक्षा हिम्मतपुरकाे टोलीले उनीहरुको साथबाट दुई नाले भरुवा बन्दुक, साेमा लाग्ने गोलि ८ थान, चक्कु १ थान, बन्चरो १ थान, टर्चलाईट २ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अजयले चलाएको से ३ प ७७९२ मोटरसाइकल बाट भरुवा बन्दुक र गोलि बरामद गरिएको हो भने चालक तुल्सीराम चौधरीले चलाएको से २ प ९८७७ नम्बरको मोटरसाइकल बाट चक्कु, बन्चरो, टर्चलाईट बरामद गरिएको हो । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भजनी कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...










Discussion about this post