• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा रासायनिक मल अभाव

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ मंसिर २६ गते, १९:३० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा रसायनिक मल अभाव
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका किसान यतिवेला गहुँ र मकैको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् ।

समस्यामा परेका भोक्राहा नरसिंह गाउँपालिका वडा नं.३,६ र ८ का किसानहरु शनिबार सरकारको विरुद्धमा आन्दोलन सहीत चक्काजाम समेत गरेका थिए ।

उनीहरुले सरकारको विरुद्ध चर्को नाराबाजी गर्दै महेन्द्र राजमार्ग शनिबार करिब ३० मिनेट अवरुद्ध गरिएको स्थानीय ओमप्रकाश यादवले जानकारी दिए ।

किसानहरुले प्रयाप्त मल नपाउँदा गहुँ र मकैको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।

उनीहरुलाई अहिले पनि पीर छ । दिनरात मेहनत गरेर लगाएको धानबाली बाढीले सखाप पारेपनि नत घर नत घाटको भएका छन् ।

बाढीले सखाप पारेको धान घर ल्याएपनि व्यापारीहरुले सस्तोमा धान खरिद गर्ने गरेको र आफुहरु धान बेच्न बाध्य बनेको स्थानीय किसानहरुको कथन छ ।

बाढीबाट समान्य क्षति भएको धानको मुल्य व्यापारीहरुले ५ सय देखी ८ सय रुपैँया प्रति ४० केजी खरिद गर्ने गरेको उनीहरुको भनाई छ ।

सस्तो मुल्यमा धान बेचेर भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ३ का किसान ओमप्रकाश यादव नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निराश भएर रितो हात घर फर्किए । ‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन’, उनले भने, ‘धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।’ मकै र गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाइ छ ।

धानबाली भित्र्याएर मकै र गहुँ छर्ने तयारीमा रहेका कोशी गाउँपालिका–४ का नरेश मेहता पनि मल नपाएपछि निराश बनेका छन्। ‘मलका लागि गाउँको डिलरदेखि इटहरी उपमहानरपालिका स्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्’, उनले भने, ‘कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।’ मल नपाएपछि मकै र गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ ।

यो समस्या ओमप्रकाश र नरेशको मात्र होइन, सुनसरी जिल्लाको अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा प्रयाप्त मल नपाएपछि निराश बनेका हुन् ।

सुनसरीको भोक्राहा नरसिंह,इनरुवा, हरिनगर, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानीय तहहरुका किसानहरुले प्रायः सबै जिल्लामा धानबाली पछि आलु, मकै र गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् ।

कूल  खेतीयोग्य जग्गामध्ये सुनसरी जिल्लाको विभिन्न स्थानीय तहमा करिब २५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र मकै तथा गहुँबाली लगाउने बेला भइसके पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । इटहरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठूलो मार खेप्दै आएका छन् । सुनसरीमा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड इटहरीका प्रमुख लक्ष्मण यादवले बताए । एकातिर सुनसरीमा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी सुनसरीमा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरीका प्रमुख यादवका अनुसार कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । ‘हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ’, प्रमुख यादवले भने, ‘मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।’ बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।

डीएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । गहुँबाली लगाउने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उनले बताए । डीएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटकपटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकाले समस्या परेको प्रमुख यादवको भनाइ छ ।

Tags: रासायनिक मल अभावसुनसरीमा

Related Posts

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
FEATURE

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist