इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत स्वस्थ्य शाखाले खरिद गरेको औषधी, उपकरण तथा सामान खरिदमा भ्रष्टाचार भएको आशंकामा कागजात र फाईल तानेपछि अहिले भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारी तनावमा देखिएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य शाखामा सबैभन्दा धेरै भ्रष्टचार भएको उजुरी पश्चात अख्तियारको निगरानीपछि गाउँपालिकामा खैलाबैला मच्चिएको छ भने स्वास्थ्य शाखा प्रमुख आलम अन्सारी तनावमा रहेको देखिन्छ । अख्तियारले भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य प्रमुख आलम अन्सारीले सार्वजानिक खरिद ऐन बिपरित औषधी, सर्जिकल उपकरण औजार र जिन्सी सामग्री खरिदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानविन सूरु गरेपछी अहिले त्यहाँका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारी तनावमा रहेको देखिन्छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य प्रमुख अन्सारीले स्वास्थ्य कार्यालय सुनसरी, प्रदेश १ सरकार र संघिय सरकारबाट औषधी निःशूल्क रुपमा औषधी ल्याउने र त्यही औषधी निजी ठाउँबाट खरिद गरि ल्याईएको भनि बिल पेश गरी गाउँपालिकाबाट लाखौं रुपैँया अनियमितता गरेको समाचार स्रोतको दावी छ । अहिले भोक्राहा नरसिंहमा औषधी र सर्जिकल सामान खरिद प्रकरणले व्यापक चर्चा लिएको छ ।
आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाई खेलवाड गर्दै उनले लाखौं अनियमिता गरेको अख्तियारको दावी छ । यस्तै उनले पटक पटक गरी लाखौं मूल्य बराबरका गुणस्तरहीन औषधी खरिद गरी वितरणका लागि वडाका स्वास्थ्य संस्थातर्फ पठाएको तथ्य सार्वजनिक भएको हो ।
मिलेमतोमा औषधि आपूर्तिका लागि स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीले फर्जी बिल बनाएर लाखौं रुपैयाँ अनियमितता गरेको विषय सार्वजनिक भएपछि अख्तियारले छानबिन शुरु गरेको छ । फरक–फरक मितिमा एउटै दाखिला नम्बर चढाई औषधि आपूर्ति गरेको पाइएको छ, जुन कानुनसम्मत होईन स्रोतले जानकारी दिएको छ ।
Discussion about this post