इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं.७ नरसिंह स्थित रहेको जनता माध्यमिक विद्यालय दुई दिन बन्द गरेको छ ।
विद्यालयका निमित्त प्रअ सुनिल कुमार भगतले आफुखुशी विद्यालय दुई दिन बन्द गरेको पाइएको छ ।
उनले स्कुललाई राजनीतिको अड्डा बनाउने गरी स्कुलमा नियमित एक सतायता शिक्षक र विद्यार्थी बीच द्धन्द फिजाउने प्रपञ्च रचेको कारण स्कुलमा दिनहु झगडा हुने गरेको विद्यार्थीहरुको भनाई छ ।
एक विद्यार्थीको भनाई अनुसार केही दिन अघिमात्र प्रधानाध्यापक कुर्सीमा बस्नका लागि दुई शिक्षकहरुलाई विद्यार्थीहरुले धुल चटाउदैँ हातपात समेत गरेकोे थियो ।
स्कुलका निमित्त प्रअ सुनिल कुमार भगत र सहायक प्रअ जदुलाल साह बीच हानाहान हुदाँ दुई समुहमा विभाजित भएका विद्यार्थीहरुले कुर्सीका लागि झगडा गर्ने दुई जना गफाडी शिक्षकहरुलाई लखेटी लखेटी विद्यार्थीहरुले धुल चटाउदै रामधुलाई (कुटाई) गरेका थिए ।
विद्यार्थीहरुको कुटाईबाट समान्य घाइते भएका शिक्षक द्धय स्कुल आउन डराउने गरेको कारण स्कुल बन्द गरेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीको कुटाईमा परेर निमित्त प्रअ भगत र सहायक प्रअ साह समेत समान्य घाइते भएका छन् ।
उता मौकामा चौका हान्दैँ निमित्त प्रअ भगतले सोही स्कुलका विद्यार्थीहरुलाई उचालेर कक्षा ९मा अध्ययनरत्त छात्रा विद्यार्थीहरुलाई र्दुव्यवहार गर्न लगाएको उनी माथी आरोप लागेको छ ।
निमित्त प्रअ भगतले सहायक प्रअ साहको पक्षमा बोल्ने सोही स्कुलमा अध्ययनरत्त छात्रा विद्यार्थीहरुलाई अशब्द गाली, गलौज गर्दै हातपात गरेको विद्यार्थीहरुको कथन छ ।
त्यस्तै निमित्त प्रअ भगतले पुस ५ गते सोमबार सुचना प्रकाशित गरी मंगलबार पनि विद्यालय बिदा गरिएको छ ।
उनले प्रकाशीत गरिएको सुचना अनुसार विद्यालयमा असहज वातावरणको कारणले गर्दा २ दिनका लागि विद्यालयमा हुने सम्पुर्ण पठन पाठन बन्द रह्ने उल्लेख गरिएको छ । बिदाको विषयमा जनता माध्यमिक विद्यालयका निमित्त प्रअ सुनिल कुमार भगतको मोवाइल नं.९८००९४०७४७ नियमित चार पटक फोन सम्पर्क गर्दा पनि उनले फोन उठाएन् ।
Discussion about this post