इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको गौरवशाली योजना मध्ये एक हो गाउँपालिकाको प्रशासनीक भवन ।
सो भवनको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सोमबार विहानै स्थलगत अनुगमन गरिएको स्वकीय सचिव मिथलेश यादवले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष महेन्द्र प्रसादका स्वकीय सचिव मिथलेशका भनाई अनुसार गाउँपालिका क्षेत्रभित्र संचालन भई रहेका विकास निर्माण र कार्यालयमा नियमित भइरहेको सेवा प्रवाहको स्थलगत अनुगमन गरिएकोे बताए ।
अध्यक्ष यादवले सोमबार बिहानै भोक्राहा नरसिंह गाउँपालिकाको निर्माधिन प्रशासनिक भवन निर्माण कार्यको स्थलगत अनुगमन गरेका हुन् । अध्यक्ष यादवले गाउँपालिका भित्र भैँ रहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको जानकारी दिए । गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको काम कति सम्पन्न भयो, कति हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरिएको स्वकीय सचिव यादवले जानकारी दिए ।
उनले भने यस्ता खाले अनुगमन अब गाउँपालिकाको ८ वटै वडामा गर्ने तयारी भइरहेको जानकारी दिए ।
उता विकास विरोधि केही व्यक्तिहरुले विकास निर्माणको बिषयमा भ्रम सृजना गर्न खोजेको भन्दै गाउँपालिका अध्यक्ष आफैले विकास निर्माणको कामवारे जानकारी लिन अनुगमनमा निस्किएको बताए ।
भोक्राहा नरसिंहको प्रशासनिक भवन निर्माण कार्यको अनुगमन पश्चात संचारकर्मीसँग कुराकानी गर्दै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले भने यसै आर्थिक वर्षको चैत्र मसान्त भित्र आफ्नै पालिका भवनको उदघाटन हुने जानकारी दिए ।
उता विकास प्रेमीको नामले परिचित भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कार्यकालकाको पहिलो वर्षमै सफलता पाएका छन् ।
उनले गाउँपालिकाको प्रशासनीक भवन, विभिन्न वडामा कालोपत्रे बाटो निर्माण, वडा कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाएर सफलता पाएको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय गाउँवासीहरुको कथन छ ।
गाउँपालिकाको निर्माधिन भवन ६ करोड १५ लाखको लागत बराबरको मूल्यमा जिल्लामा नै नयाँ डिजाइनको भवन निर्माणको थालनी गरेको योजना शाखाका योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।
आधुनिक डिजाइनको प्रशासनिक भवन, अपांगमैत्री, स्तरीय कोठा, स्टोर कोठा, सेवाग्राहीहरुको लागि प्रतिक्षालय, शौचालय, क्यान्टिन र पार्किङ्ग सहितको तीन तल्ले निर्माधिन अवस्थामा रहेको भवन निर्माणको काम तिब्र गतीमा बन्दै गरेको योजना सहायक यादवले बताए ।
Discussion about this post