• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बैंक खाताबाटै लाखौं रकम गायव १ ओटिपी नम्बर सुरक्षित छ कि छैन ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १२ गते, १९:५४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बैंक खाताबाटै लाखौं रकम गायव १ ओटिपी नम्बर सुरक्षित छ कि छैन ?
82
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । बैंक खाताबाटै धमाधम रकम हराउन थालेपछि बैंकमा पैसा राखेर ढुक्कले बसेका सर्वसाधरणमा त्रास बढेको छ ।

विराटनगरस्थित एनआइसि एसिया बैंक र राष्ट्रिय बाणिज्य बैंकबाटै रकम हराइरहेको पाइएको छ । इ–सेवा, खल्ती, इमो र ह्वाट्सएपको प्रयोग गर्दै ह्याकरहरूले बैंकको पैसा आफ्नो पोल्टामा पारिरहँदा पनि यसको सुरक्षामा राष्ट्र बैंक र सरकारको ध्यान जान सकेको छैन ।

पछिल्लो विराटनगर–५ का प्रणयकुमार पोखरेलले १६ डिसेम्बर २०२१ मा विराटनगरको एनआइसी एसिया बैंकमा पेन्सन खाता खोले ।

खाता खोलेको भोलिपल्ट डिसेम्बर १७ मा प्राधिकरणले पोखरेलको खातामा अघिल्लो महिनाको पेन्सन २९ हजार ४५३ रुपैयाँ ९९ पैसा जम्मा गरिदियो । डिसेम्बर १८ का दिन मध्यान्ह १२ः२२ मा पोखरेलको मोवाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको ९निकालेको० म्यासेज आयो । त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ अचानक दुई पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइन् र कसैलाई चेक पनि दिएको थिइन । यस्तो के भयो भनेर बैंकमा गएर बुझ्दा नविल बैंकमा रकम ट्रान्सफर भएको छ जानकारी पाएँ,’ पोखरेलले भने । पोखरेल रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर फिर्ता पठायो ।

पेन्सन वापतको रकम हराएपछि उनी एनआइसी एसिया बैंकमै गए । बैंकले ग्राहकको रकम हराएको भन्ने गुनासोप्रति कुनै ध्यान दिएन र प्रहरीलाई उजुरी गर्न भन्यो । पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु प¥यो भन्दा प्रहरीमा उजुरी दिनु यहाँबाट केही हुँदैन भन्ने जवाफ पाएँ ।’

त्यसपछि पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङमा गए । उनले प्रहरीमा खातामा रकम जम्मा भएको र हराएको सबै विवरण उल्लेख गरी उजुरी दिए । उजुरी लिएपछि प्रहरीले यस्ता धेरै घटना आएको र अहिलेसम्म यसरी हराएको रकम फिर्ता गर्न नसकेको तरपनि खोजी गरिदिने आश्वासन दिँदै रकम ट्रान्सफर भएको नविल बैंकको खाता रोक्का गरिदिन पत्र लेखिदियो । पोखरेल पत्र बोकेर नविल बैंक गए । तर, नविल बैंकले एनआइसी एसिया बैंकले उपलब्ध गराएको विवरणमा उल्लेख भएको नविल बैंकको खाता नम्बर नविल बैंकको नभई ‘फेक भएको’ बतायो ।

पेन्सन वापतको रकम खातामा प्राप्त भएको भोलिपल्ट नै चोरी भएपछि खोजीमा हिंडेका पोखरेलको पैसा नविल बैंकबाट २५ हजार ई–सेवामा र चार हजार खल्तीमा लोड भएको विवरण छ । खल्तीको केवाइसीमा उल्लेख भएको ९७४५७०९०२८ नम्बरको मोवाइल नम्बर पदम पौडेलको नाममा दर्ता भएको पाइएको छ । तर, प्रहरी भने पौडलले नै रकम लगेको भन्नेमा विश्वस्त छैन । पोखरेलको यो समस्या प्रहरीका लागि नौलो थिएन र यस्ता थुप्रै उजुरी प्रहरीसँग थियो । बैंकबाट पैसा हराएको र चोरी गर्ने व्यक्ति फेला नपरेको घटना प्रहरीका लागि तनावको विषय थियो ।

मंसिर ७ गते विराटनगरका मनोजकुमार जैसवालको राष्ट्रिय वाणिज्य बैंकबाट १ लाख ५८ हजार रुपैयाँ हरायो । जैसवालको खाताबाट लक्ष्मी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र खल्ती सेवामा उक्त रकम ट्रान्सफर भएको भेटियो तर रकम जैसवालले ट्रान्सफर गरेका थिएनन् । उनको उजुरीमाथि प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ । तर, रकम चोर्ने व्यक्तिको नजिकसम्म पुग्न सकेको छैन ।

मंसिर ९ गते विशाल राजवंशीको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २ लाख ३० हजार रुपैयाँ हरायो । राजवंशीको खातामा भएको उक्त रकम पटक–पटक गरी खल्ती सेवामा लोड भएको देखिएको मोरङ प्रहरीले जनाएको छ । त्यो रकम खल्तीबाट तुरुन्तै निकालेको देखिन्छ । तर, प्रहरी रकम झिक्ने व्यक्तिसम्म अहिलेसम्म पुग्न सकेको छैन ।

त्यसअघि कात्तिक ५ गते सुरेश घिमिरेको १ लाख रुपैयाँ जम्मा भए लगतै हरायो । घिमिरेको रकम भने उनकै कमजोरीका कारण चोरी भएको पाइएको छ । घटना अनुसार सुरेशको ह्वाटस् एपमा एउटा कल आएको थियो । ‘कल गर्नेले हिन्दी भाषामा तपाईँलाई चिठ्ठा परेको छ खाता नम्बर पठाइदिनु हामी रकम पठाउँछौं भनेका रहेछन्,’ पीडितको उजुरीका आधारमा मोरङ प्रहरीका अनुसन्धान अधिकारी भन्छन् ‘सुरेश अली चलाख थिए, उनले रकम नभएको बैंकको खाता नम्बर पठाइदिएछन्, त्यसपछि फेरी फोन गरेर खाताबाट लामो समयदेखि कारोबार भएको नदेखिएकोले रकम पठाउन नमिलेको भन्दै बैंकका म्यानेजरसँग कुरा गर्न भन्दै एउटा मोवाइल नम्बर पठाइदिएछन् । सुरेशले त्यो नम्बरमा फोन गरेपछि म्यानेजर भनिएको व्यक्तिले दुरुस्तै बनाएर केही रकम खातामा ट्रान्सफर गरिदिए खाता चालु हुने र रकम जम्मा गर्नेले सजिलै जम्मा गर्न सक्ने भनेपछि उनले आमाको एकाउन्टबाट एकलाख रुपैयाँ ट्रान्सफर गरे, तुरुन्तै त्यहाँबाट रकम गायव भएछ र हामीसँग उजुरी लिएर आउनुभयो ।’

प्रहरी अनुसन्धानका क्रममा पोखरेलबाहेक अरू सबैको रकम चोरी हुँदा ह्वाट्स एपको प्रयोग भएको छ भने बैंक खातावालाले आफूले गोप्य राख्नु पर्ने मोवाइल बैंकिङ सेवाको ओटिपी नम्बर अपरिचित व्यक्तिको पहुँचमा पु्र्याएको पाइएको छ । ह्याकरले ओटिपी नम्बर पाउनासाथ खाताबाट रकम ट्रान्सफर गरी चोरी गर्ने गरेको र त्यसरी चोरी गर्नेले अरु व्यक्तिकै मोवाइल नम्बर र नागरिकतालगायतका डकुमेन्ट प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो दुई महिनाको अवधिमा मोरङ प्रहरीमा बैंकबाटै रकम चोरी हुने र बैंकका सेवाग्राही ठगिएको उजुरी बढेको छ । बैंकको खाताबाट रकम चोरी भएका प्रायः घटनामा खल्ती र इसेवा जस्ता सेवा प्रदायक संस्थाहरुको प्रयोग हुने गरेको पाइएको छ । प्रविधिको प्रयोग गरी चोरी गर्नेले बैंक र यस्ता सेवा प्रदायक संस्थालाई माध्यम बनाउनुले ती संस्थाहरुको कमजोर सुरक्षा प्रणाली उजागार गरेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले पछिल्लो समयमा यस प्रकारको समस्यासहित उजुरी दिने क्रम बढेको बताए । उनले बैंकमा जम्मा भएको रकम बैंकबाटै हराउँदा बैंक त्यसको पहिलो जिम्मेवार बैंक हुनुपर्ने भन्दै बैंकले प्रहरीतिर समस्या पन्छाउनु भन्दा समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने देखिएको बताए । यस विषयमा नेपाल राष्ट्र बैंक संवेदनशील हुनुपर्ने उनले बताए ।श्रोतःहाम्रोमत

Tags: १ ओटिपी नम्बरबैंक खाताबाटैलाखौं रकम गायवसुरक्षित छ कि छैन ?

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist