• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मापसे गरेर मध्यरातमा दुर्घटना,कानुनी कारबाही गर्नुको सट्टा ‘मिलापत्र’

प्रहरी कारबाहीमा त्रुटि

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ पुस १२ गते, २०:०१ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार
मापसे गरेर मध्यरातमा दुर्घटना,कानुनी कारबाही गर्नुको सट्टा ‘मिलापत्र’
39
SHARES
Share on FacebookShare on Twitter

विराटनगर / मादकपदार्थ सेवन गरेर गाडी चलाई पार्किङ गरिराखेको गाडीमा ठक्कर दिने मार्बल व्यवसायी त्रिदेव रायलाई प्रहरीले कानुनी कारबाही गर्नुको सट्टा ‘मिलापत्र’ गराएर उन्मुक्ति दिएको छ ।

शनिबार राति ११ बजेतिर विराटनगर–४ पिपलचोक, सडकछेउ रोकिराखेको प्रदेश १–०१–०२५ च ७७०४ नम्बरको कारलाई विराटनगर–५ का मार्बल व्यवसायी त्रिदेव रायले चलाएको वाग्मती प्रदेश ०१–०२५ च ७८१९ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्कर दिने गाडीमा विराटनगर–५ कै मार्बल व्यवसायी देवेन्द्र चापागाई पछाढि बसेका थिए । उनी रायभन्दा केही कम मातेका थिए ।

मापसेले लठ्ठ रायले दुर्घटना गराए पनि प्रहरीले उनलाई पक्राउ गरेन । बरु गाडीपछाडि बसेका चापागाईलाई पक्रेर लग्यो । मेडिकल गर्दा उनले पनि मापसे गरेको देखियो ।

प्रहरीले मापसे गरेर गाडी चलाउने रायलाई भगाउन साथ दिने चापागाईलाई भने रातभरि जिल्ला प्रहरी कार्यालय मोरङ कार्यालयमा लगेर राखेको थियो ।

घटनाका एक प्रत्यक्षदर्शीका अनुसार राय खुट्टा टेक्न नसक्ने अवस्थामा सो स्थानबाट कार लिएर भागेका थिए । त्यसअघि नियन्त्रणमा लिन सकिने अवस्था भए पनि प्रहरीले उनलाई पक्राउ गरेन । न दुर्घटना गराउने कारलाई नै नियन्त्रणमा लिइयो ।

मापसे गरेर दुर्घटना गराउँदा चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही हुनुपर्ने हो । तर जिल्ला प्रहरी कार्यालय मोरङले दुर्घटना गराउने चालक र गाडीलाई नियन्त्रणमा नलिई छाडिदिएको छ ।

कुनै सवारीसाधनका चालकले दुर्घटना गराएमा तत्काल नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । तर मापसे गरेर भएको दुर्घटनाजस्तो संवेदनशील विषयमा मोरङ प्रहरीले आवश्यक गम्भीरता देखाएको पाइएन ।

दुर्घटना गराएर फरार भएमा प्रहरीले पछि नियन्त्रणमा लिई कानुनअनुसार कारबाही अगाडि बढाउनुपर्नेमा दुर्घटना गराउने चालकलाई उपस्थित नै नगराई ‘मिलापत्र’ भएको भन्दै छाडिएको छ ।

यस विषयमा जिज्ञासा राख्दा प्रहरीले पक्राउ गरेका चापागाईले दुई पक्ष सहमति भएपछि कुरा मिलेको बताए । उनले ‘सामान्य विवाद’ परेका कारण आफुलाई प्रहरीले लगेको पनि बताए ।

पछि गाडीधनीसँग कुरा भएपछि क्षति भएको बनाइदिने सर्तमा सहमति भएको उनले जानकारी दिँदै चाापगाईले भने, ‘सामान्य विवाद भएका कारण मलाई लग्नुभएको हो, चालक र गाडीलाई लग्नुभएन ।’

स्रोतका अनुसार चापागाईको मेडिकल गर्दा मापसे गरेको देखिएको थियो । चालक रायले खुट्टा टेक्न नसक्ने अवस्थामा गाडी लिएर हिँडेका थिए । तर चापागाईले चालक रायले मापसे नगरेको भनेर ‘मित्र ढाकछोप’ गर्ने प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङमा दुर्घटना गराउने गाडी र त्यसको कागजपत्र केही पनि छैन । ‘सामान्य दुर्घटना’ भएका कारण पीडित र पीडक दुवै पक्ष मिलेपछि छोडिएको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने चालकलाई कारबाही गरेर छोडिएको बताए । उनले क्षति भएको कार बनाइदिने सहमतिमा दुवै पक्ष मिलिसकेको बताए । चालक रायलाई ‘मापसे कारबाही गरिएको’ बताउँदै उनले भने, ‘दुई पक्ष आपसमा सहमति गरेर गए । चालक रायलाई ट्राफिक नियम उललङ्घन गरेको विषयमा जरिवाना कारबाही गरिएको छ ।’

तर मोरङ प्रहरीले रायलाई ट्राफिक नियम उललङ्घन गरेको विषयमा कारबाही गरेको बताए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नपठाएको पाइएको छ ।

गाडी जिल्ला प्रहरी कार्यालयमा नै रहेको भन्ने जानकारी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई शिवकुमार शर्माले बताए । सबै कागजपत्र जिल्ला प्रहरी कार्यालयमा नै भएको जानकारी गराउँदै सई शर्माले भने, ‘मिलापत्र भइसकेपछि जिल्ला प्रहरी कार्यालयले जरिवाना तिर्न पठाउँछ, त्यसपछि मात्रै हामीले जरिवाना गरेर पठाउने हो ।’स्रोतः कोशी अनलाइन

Tags: कानुनी कारबाहीगर्नुको सट्टा ‘मिलापत्र’मध्यरातमा दुर्घटनामापसे गरेर

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist