चिरौली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
इन्सेक विराटनगरको आयोजनामा स्थानीय सरकार र अन्य निकायसंग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । विहीबार भोक्राहा नरसिंह गाउँपालिका ६ चिरौलीमा आयोजित कार्यक्रमका सरोकारबालाहरुले शैक्षिक र स्वास्थ्य गुणस्तरमा जोड दिएका छन् । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँका नागरिकलाई मानवअधिकारको प्रत्याभूति हुने गरी काम गर्न स्थानीय सरकार प्रयासरत रहेको बताएका छन् । उनले आफ्नो पालिकाको स्रोत र साधनले भ्याएसम्म नागरिकमैत्री काम गरेको र त्यसमा शिक्षा, स्वास्थ्य, खाध्य र आबाश अधिकारको पक्षमा पनि काम गरेको बताए ।
यादवले यहाँका सेवा प्रदायक निकायहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारप्रति जिम्मेवार रहेको समेत बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विगत तीन वर्षदेखी गर्दै आएको कार्यक्रमले विकासमा समेत रचनात्मक सुझाव दिएको र सोही अनुसार यती अवधीमा दुई वटा विद्यालयलाई माध्यमिक तहमा स्तोरोन्नती गरेको, साविकको दुई स्वास्थ्य चौकी रहेकोमा अहिले आठ वटै वडामा तीन वर्षदेखी आधारभुत स्वास्थ्य केन्द्र सचालन गर्नुका साथै एम्बुलेन्स नपुग्ने गाउँगाउँमा कालोपत्रे गर्ने काम भएको बताए ।
यादवले कृषिमा प्राविकिको व्यवस्था गरि कृषकहरुको क्षमता विकास र मौसमी तथा बेमौसमी खेतीमा सहयोग र पशुपालक किसानका लागि नरसिंह तथा भोक्राहा दुवै खण्डमा पशु प्राविधकको सेवा प्रवाह भईरहेको जानकारी दिए ।
अध्यक्ष यादवले सरकारको कार्यक्रम अनुसार दुई सय बढी परिवारको फुसको छानो हटाई जस्तापत्ता लगाउने कार्यमा गत वर्ष सहयोग गरेको बताए । गउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा तीन वर्ष अघि गरेको प्रतिवद्धाहरु प्रयः सबै पुरा गरेको जानकारी दिए । उनले आफु सहित सेवाप्रदायक निकायका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट सबै काम गर्न प्रतिवद्ध रहेको बताए ।
इन्सेककी बागमती कट्टेलले कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाध्यमा सबैको पहुच र गुणस्तर कायम हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिमिल्सिनाले सरकारको लगानि शिक्षामा भए अनुसारको प्रतिफल नआउनुमा सरोकारबालाहरु समेत जिम्मेबार रहेकाले आ आफ्नो ठाउँबाट योगादन गर्न आग्रह गरे । कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अंसारीले शैक्षिक गुणस्तरका लागि विद्यालय नियमित संचालन हुनुपर्ने, विधार्थी र शिक्षक नियमित हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, अभिभावक शिक्षा आवश्यक रहेको बताए ।
भोक्राहा नरसिंह गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र यादवले गाउँबासीको अधिकारको प्रत्याभूति गराउन अधिकतम प्रयास गरिरहेको बताए । स्वास्थ्यकर्मीहरुले ८ ओटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिरहेको र सरकारले ल्याएको स्वास्थ्य विमालाई प्रभावकारी बनाउन अधिकारकर्मी तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेका छन् ।
शिक्षा शाखाका पूर्व प्रमुख तथा श्री आधारभुत विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहताले विद्यालयहरु नियमित पठकपाठन भएपनि विषयगत शिक्षकको अभावमा काम गर्नुपरेको बताए ।
कृषि तथा सहकारी शाखाका सिताराम मेहताले समयमै विउविजन र मलको उपलव्धताका लागि समुदायमै विउ उत्पादन तथा जैविक मल बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । मेहताले मलको समस्या राष्ट्रिय स्तरकै समस्या भएकाले सम्बोधन गर्न नसकेको तर पहल प्रयास जारी राखेको बताए । नागरिक अधिकारका सवाल प्रस्तुत गर्दै मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्ष ममता उराँवाले कोभिड विरूद्धको खोपको व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्था औषधी सहज उपलब्धता हुनुपर्ने, कडा खालका रोगको औषधि सहज उपलब्धता हुनुपर्नेमा जोड दिए ।
यसैगरी, सहकारीकर्मी राजेन्द्र मेहताले स्वास्थ्य संस्थामा निशुल्क पाइने ३५ प्रकारका औषधि उपलब्ध हुनुपर्ने, सबै वडाहरूमा दक्ष कृषि प्राविधिकहरूको व्यवस्था गर्नुपर्ने, सिजन अनुसार मल विउ उपलब्ध गराउनु पर्ने, कृषिकहरूलाई अनुदान र तालिमको व्यवस्था गर्नुपर्ने, सबै नागरिकहरूलाई सुरक्षित आवास, सुकुम्वासी, भूमिहिनहरूको आवासको व्यवस्थापन गरिनुपर्नेमा जोड दिनपर्ने बताए ।
मानव अधिकार समूहकी पुनम साहले स्वास्थ्य चौकिमा प्रयाप्त औषधिको अभाव रहेको, सरकारी सुविधा समयमा नपाएको, स्वास्थ्यमा ध्यान दिई बजार अनुगमन प्रभावकारी बताउनुपर्ने सुझाव दिइन् ।
स्थानीय सरकारका जनप्रतिनिधि तथा सम्बन्धित निकायका सरोकारवाला वडा अध्यक्ष, वडा सदस्य, मानव अधिकार समूहका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, स्वयम्सेविका, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित सरकारी प्रतिनिधि,नागरिक समाज र सञ्चार माध्यमलगायतको सहभागितामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुकदेव यादव, ६ नम्बर वडा अध्यक्ष राजेश्वर प्रसाद साह, ७ नम्बर वडा अध्यक्ष रामचन्द्र यादव र ८ नम्बर वडा अध्यक्ष हातिम अंसारी, प्रधानाध्यापक जितेन्द्र साह, किसान बच्चालाल यादव सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष ममता उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन इन्सेक प्रतिनिधि जयकृष्ण यादवले गरेको थियो ।
Discussion about this post