इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सामी परियोजनाको आयोजनामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
सामी परियोजनाको अन्तरक्रिया कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको प्रमुख आतिथीमा समपन्न भएको हो ।
कार्यक्रमका प्रमुख आतिथी एंव भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवले अन्तरक्रियामा बोल्दै पत्रकार देशको चौथो अंग भएकाले झुठा पत्रकारीता नगर्न र सही सत्य प्रमाणका आधारमा समाचार लेख्न आग्रह गरे ।
उनले भने पत्रकारीता पछिल्लो समय यता बदनाम हुदैँ गएकाले बदनामबाट जोगाउनका लागि सबै पत्रकार एक जुट भएर लाग्नुपर्ने र पत्रकारीता प्रति सबैको विश्वास बढाउनुपर्ने बताए । उता नेपालमा रोजगारी नपाएर रोजगारीको खोजीमा बैदेशिक रोजगारीमा जाने युवाहरुको क्रम बढ्दैँ गएपछि उनीहरुको सुरक्षाको सुरक्षाको सबाल सहित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम समपन्न गरेको सामी परियोजनाका सुनसरी जिल्ला कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।
जिल्ला कार्यक्रम संयोजक भट्टराईका अनुसार नेपालबाट बैदेशिक रोजगारीमा गएका कामदारहरुको बिदेशमा गएर अलपत्र परेका नेपाली कामदारको अवस्थाको विषयमा सुरक्षित आप्रवास (सामी) परियोजनाले सुनसरीका पत्रकारसँग आप्रवासको विषयमा १ दिने अन्तरक्रिया सञ्चालन गरेको छ ।
आम नागरिकलाई बैदेशिक रोजगारीमा जानूपर्ने नेपाली नागरिकको वाध्यता सरकारले बैदेशिक रोजगारमा लागु गरेको नीति बैदेशिक रोजगार विभाग बैदेशिक रोजगार प्रर्वद्धन बोर्डको नीति एवम् कार्यन्वयनको विषयमा प्रष्ट पारेका थिए । यता नेपालबाट जतिपनि कामदार बिदेश जान्छन् उनिहरु खाडी मुलुकमा भोकभोकै दिनरात अलपत्र पर्दा बिदेश जाने जनताको सवालमा राम्रो नीति नियम नबन्दा वैदेसिक रोजगारमा गएका नेपाली थप पीडामा पर्ने गरेको जिल्ला कार्यक्रम अधिकृत देवनारायण चौधरीले बताए ।
सरकारले जति नीति बनाए पनि हजारौँ खाडि मुलुक पसेका नेपाली दाजुभाई दिदीबहिनीको समस्या अझै उस्तै देखिएको छ ।
उनले भने ‘खाडी मुलुकमा रोजगारमा गएको कामदारले नेपालमा मेनपावर कम्पनीले भने भन्दा फरक काम गर्नु पर्छ । कतिपय कम्पनीले राम्रो काम पर्छ भन्दै मोटो रकम असुलेर अलपत्र परिदिएका छन् ।’ बैदेशिक रोजगारीमा जुनसुकै देश जानु अगाडि सबै कानुनी बाटो कामकार्य अपनाउनु पर्नेमा सुझाव दिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत चौधरीले भने सामुदायीक विकास संस्था सिडियो सुनसरी सहकार्यमा इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजनाले बैदेसिक रोजगारमा जाने सबै नागरिकलाई सकेसम्म विदेश नगइ स्वेदेशमै आत्मनिर्भर बन्न सल्लाह दिने गरेको बताए ।
यता सामी परियोजनाले विदेश जान खोज्नेलाई बैदेशिक रोजगार सम्बन्धी विभिन्न सीपमुलक तालिम दिने गरेका छन् । उनले भने– सामी परियोजनाले वैदेसिक रोजगारमा जाँदा कानुनी समस्यामा परेकालाई कानुनी सेवा सूचनाको पहुँच सामीले दिने तालिममा दक्ष गराउने कार्यमा सहयोग समेत गर्दै आएको बताए ।
Discussion about this post