इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले किसानको समस्या समाधान गर्न आफु आतुर रहेको बताएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादव महेन्द्र प्रसाद यादवले संचारकर्मीसँग कुराकानी गर्दै भने भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका सहकारी संस्थाहरुलाई पहिलो प्राथमिकतामा किसानहरुलाई राख्न निर्देशन दिएको बताए ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिका अन्तरगतका किसानहरु पछिल्लो समय बिना मलखाद्य गहुँ, मकै र आलु खेती लगाएका पनि उनीहरुलाई रसायनिक मल उपलब्ध गराउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको जानकारी दिए ।
पछिल्लो समय भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका केही सहकारी संस्थाका सञ्चालकहरुले आफुखुशी रसायनिक मल बितरण गरेको गुनासो आएको भन्दैँ अब सहकारी सञ्चालकहरुलाई सचेत हुन् र किसानहरुको दुःख बुझ्न आग्रह समेत गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा रहेका हरेक किसानको समस्या हाम्रो समस्या हो भन्दैँ उनले किसानको समस्याप्रति सबैलाई सचेत हुन आग्रह गरेका हुन् ।
पालिका अन्तरगत रहेका हरेक किसानको पीडा हाम्रो पीडा भएको बताउँदै भने किसानलाई सहज रुपमा रसायनिक मल, खाद्य र वीउ विजन सही समयमा उपलब्ध गराउन सहकारी संस्थाका संचालकहरुलाई आग्रह गरेका हुन् ।
उता भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका विभिन्न सहकारी संस्थाका सञ्चालकहरुले भोक्राहामा मात्र रसायनिक मल आपुर्ति गर्ने गरेको गुनासो आएका कारण नरसिंहका किसानहरुलाई पनि समान रुपले रसायनिक मलखाद्य उपलब्ध गराउन सहकारी संस्थका सञ्चालकहरुलाई निर्देशन दिएका हुन् ।
Discussion about this post