इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको आयोजनामा गोष्ठी सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ इनरुवाको आतिथ्य एवम् खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको आयोजनामा गोष्ठी सम्पन्न भएको छ । आईतबार उवासंघको सचिवालयमा संचालित खाद्य उद्योगी – व्यवसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठीमा विभिन्न क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । सुनसरीको इनरुवा नगरपालिकामा उद्योग वाणिज्य संघ इनरुवाको अगुवाईमा नापतौल डोरटोलीले नापतौलमा प्रयोग हुने ढक, तराजु र डिजिटल कटाको अनुगमन गरे लगतै यस्तो सार्थक कार्यक्रम गरेको जनाएको हो । सबै खाले व्यवयासी, किराना, खाद्य तथा अन्य पसलमा खाध्य स्वछता र गुणस्तर कायम राख्न अभिमुखिकरण गोष्ठी गरेको इनरुवा उद्योग वार्णिज्य संघका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए । कार्यक्रममा खाद्य प्रविधिका प्रतिनिधिले यहाँ रहेको होटल व्यवसायी लगायत खाद्य प्रविधिसंग आबद्ध संघ संस्थाहरुलाई वर्तमान अवस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए । यस क्षेत्रमा धेरै कालोबजारी, अव्यवस्थित बजारीकरण, दूषित खाद्यपदार्थ लगायतको विषयमा प्रकाश पारेका थिए । सहभागीहरुले यहाँका आमजनतालाई स्वच्छ र शुद्ध खानपानको व्यवस्थापनमा आफूहरुको तर्फबाट कुनै कमीकमजोरी नआउने ढंगले काम गर्ने बताएका छन् ।
गोष्ठीमा सहभागीबाट आएको सलाह–सुझाबलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सहकार्य गरेर उद्योग वाणिज्य संघले हरसम्भव सहयोग गर्ने उवासंघले बताएको छ । किनमेल गर्दा ठगी गर्ने र पर्वको बेला बजार अव्यवस्थित हुने भएकाले यसमा प्रशासन र खासगरी सञ्चारकर्मीको सहयोग लिएर सबै समस्यालाई सम्बोधन गर्ने गरेको सहभागीले बताए थिए ।
Discussion about this post