इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको प्रदेश नं.१ सरकार मातहतको इनरुवा अस्पतालमा छड्को अनुगमन गरिएको छ ।
जिल्लाको मुटु भित्र रहेको इनरुवा अस्पतालको दिन प्रतिदिन जनगुनासो बढ्दै गएपछि प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जयराम यादव बिहीबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले कसैलाई जानकारी नै नगराई जिल्ला अस्पताल इनरुवा पुगेर छड्के अनुगमन तथा निरीक्षण गरेको हो ।
पछिल्लो समय बदनाम बन्दैँ गएको जिल्ला अस्पताल इनरुवा केही दिनयता सुधार भएको स्थानीयहरुले समाजिक विकास मन्त्री यादवलाई जानकारी गराएका छन् ।
उता केही महिना अघि सम्म जिल्ला अस्पताल इनरुवाबाट बिरामीहरुलाई रेफर गर्ने गरेको स्थानीयहरुको जनगुनासो छ ।
तर आज समाजिक विकास मन्त्री यादवले गरेको छड्के अनुगमन तथा निरीक्षणमा केही सुधार देखिएको जानकारी दिए ।
मन्त्री यादवले फार्मेशी कक्ष, डाक्टरहरुको अवस्था, सरसफाई, एक्स–रे लगायतका कोठाहरुमा पुगेर आफैले छड्के अनुगमन तथा निरिक्षण गरेका थिए ।
मन्त्री यादवसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सहभागितामा एक्कासी इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई केन्द्रीत गर्दै अनुगमन गरेको समाचार श्रोतले जनाएको छ ।
उता इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पतालको बेथितिका बारेमा आवाज उठाउँदै आएपछि प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले सुधारका लागि पहल र प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री यादव सहितको टोली इनरुवा अस्पताल आइपुगेका थिए ।
इनरुवा अस्पतालमा डाक्टरको अभाव, सरसफाईमा कमी, एक्स–रे सुचारु नभएको, फार्मेसीमा औषधीको अभाव लगायतको समस्याहरु देखा परेको मन्त्रीका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिए । इनरुवा अस्पतालमा भर्ना भएका बिरामीहरुको अवस्था समेत मन्त्री यादवले बुझेको स्वकीय सचिव यादवले बताए ।
मन्त्री यादवले इनरुवा अस्पताललाई सुधार गर्ने मेरो पनि प्रमुख जिम्मेवारी भएको बताएका छन् । इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई समाधान गर्नेतर्फ आफु लागि परेको समेत बताए ।
उनले भने, ‘ अस्पतालमा एउटा डाक्टरको व्यवस्था मिलाएको छु । अबका दिनदेखी अस्पतालबाट रेफर हुँदैन् । इनरुवा अस्पतालमा उपचार हुने प्रवन्ध मिलाउँने छु । धेरै सुधारको खाँचो देखेको छु । त्यसैले केही समयभित्र सबै कुुराहरुमा सुधार गर्ने प्रयास गर्छु ।’
Discussion about this post