मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सामुदायिक सहकारी संस्था काे २१ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सहकारी संस्थाका अध्यक्ष हरि कुमार कार्कीकाे अध्यक्षतामा भएकाे साधारणकाे प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय डा रण बहादुर रावलरहेका थिए ।भने बिशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष बलीराम चाैधरी,टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु ,टीकापुर नगरपालिका वडा न ९ का वडा अध्यक्ष लाैटन चाैधरी रहेका थिए । सहकारी संस्थाका उपाध्यक्ष दिपक साउँदकाे स्वागत मनतव्य संगै शुरुभएकाे पुर्व धनसिहपुर गाबिस अध्यक्ष जंग बहादुर साउद र नारायपुर गाबिसका पुर्व अध्यक्ष फकिर सिह कडायत, उज्यालो बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष डम्मर घर्तिमगर ,सत्ती कृषि सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भण्डारी , सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिह साउँद ,खानेपानी सरसफाई समन्वय समिति का अध्यक्ष चिरञ्जीवी खनाल ,धर्म घर्ती , टाेपबहादुर केसि, जितराम चाैधरी , जगबिर शाह, पत्रकार भिम बिक लगायतले शुभकामना मनतव्य राखेका थिए ।सहकारीले साधारण सभामा ४ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेकाे छ।साथै उत्कृष्ट ऋणि ६ जना उत्कृष्ट कृषक २ जना , लघु कर्जाबाछ १ जना , जेष्ठ नागरिक ७ जना जेहेन्दार बिद्यार्थी ३ जना समेत सम्मान गरिएकाे छ । २०५७ सालमा स्थापना भएको यस सहकारीले यस अार्थिक बर्षमा ११”कराेड ६८ लाख ९५ हजार ८ सय ४१निक्षेप संकलन गरेकाेमा ६० लाख १० हजार ५ सय ९६ मुनाफा गर्न सफल भएकाे छ । हाल यस सहकारीमा महिला ५७५ जना र पुरुष ११०५ जना गरि १६८० जना शेयर सदस्य रहेका छन । कार्यक्रमकाे संचालन सहकारी संस्था का सचिब मनिराम ढुङ्गानाले गरेका थिए ।
Discussion about this post