—*—
हाम्रो जमनामा आफै हिडेर स्कुल जानुपर्थ्यो साइकल बस आदिमा पठाउने चलन थिएन , गाडी साइकल टाँगा गाउँमा छदा पनि थिएन । स्कुल पठाइसकेपछी राम्रो नराम्रो होला यस्तो हाम्रो अभिभावकले कहिले सोच्ने थिएनन् । उनिहरुलाई कुनै कुराको डर पनि हुने थिएन ।
पास/फेल यही हामिलाई थाहा हुन्थ्यो ..% प्रसेन्ट सँग हाम्रो कुनै सम्बन्ध नै हुदैन थियो ।
ट्युसन पढेको छु , यस्तो भन्नलाई पनि लाज लाग्थ्यो, किनकि हामिलाई हरिलठक सम्झिनछन भन्ने डर हुन्थ्यो।
पिपलको पात , धुपिको पात, मयुरको प्वाँख , किताबमा राखेपछि पढ्न आउँछ भन्ने हाम्रो मान्यता थियो ।
कपडाको झोलामा, ट्याङ्कामा, काठको दराजमा खोपामा हामीले किताब कापिहरु जम्मा गरेर राख्नमा महाराथ हासिल गरेका थियौं।
पास भएपछि आफ्नो किताब बेचेर आफ्ना लागि नयाँ किताब किन्नमा हामिलाई कुनै लाज हुदैन थियो ।
हाम्रो अभिभावक हाम्रो पढाइको बोझ हुन.. यस्तो कहिले महसुस भएको थिएन ।
स्कुलमा सरको हातबाट कुटाइ खानु , कान समातेर उभि रहनु, उठबस गर्नु , कुखुरा बनिनु र सरले कान रातो हुन्जेल निमोठ्दा हामीलाई egoकहिले आएन । साँच्चै भन्ने हो भने ego के हुन्छ हामिलाई थाहा थिएन ।
घरमा र स्कुलमा कुटाई खानु पनि हाम्रो दैनिकी जिबनको सामान्य प्रक्रिया नै थियो ।
कुट्ने वाला र कुटाइ खानेवाला दुइनै खुशी हुन्थे , कुटाइ खानेवाला यो भनेर खुशी हुन्थ्यो , हिजोभन्दा आज कम कुटाइ खाइयो , कुट्ने वाला यसैले खुशी हुन्थे आजपनी हात साफ गरियो ।
बिना चप्पल जुत्ता साथिहरुसँग चुङ्गी खेल्नु , खालिखुट्टा फुटबल खेल्दा कति खुशी हुन्थ्यौ , त्यो हामिलाई नै थाहा छ ।
हामिले पाकेट खर्च कहिल्यै मागेनौ र आमाबुबाले पनि दिएनन् .. त्यसैले हामिहरुको आवश्यकता पनि सानो-सानो नै हुन्थ्यो… बर्षभरिमा १/२ पटक ककनी मेला त्रिबेणी मेलामा जाँदा आमाले ५/१० रुपैया दिनुहुन्थ्यो त्यो पैसाले सुन्तला, तातोतातो जुलफी खाएर , पट्का बन्दुक, ग्याटिस किनेर, रोगटे पिंङ खेलेर खुशी हुन्थ्यौं। ५/१० रुपैयाले धेरै कुरा आउथ्यो हाम्रो जमनामा ।
सानोतिनो आवश्यकता त घरमा जोकसैले पूरा गरिदिनुहुन्थ्यो , किनकि हाम्रो संयुक्त परिवार हुने गर्थ्यो ।
तिहारमा एउटा, एउटा पटका किनेर पट्काउनमा हामिलाई कहिले न्यास्रो लाग्दैन थ्यो ।
हामीले हाम्रो आमाबुबालाइ कहिले भन्ने सकेनौ कि हामिले कति प्रेम गर्छौ भनेर । किनकि हामिलाई आइलभ्यु भन्न आउदैन थ्यो ।
आज हामी संसारको अनगिन्ती धक्का र हार खाँदै आआफ्नो ठाउँमा संघर्ष गरेर धेर थोर चाहे अनुसार आफुले पाएका छौँ वा कतिले पाएका छैनौं. अझैपनि दौडधुपमा नै लागी परेका छौ कोही बिदेशमा छौ त कोही नेपालमा ।
हाम्रो जमनामा स्कुलको सिटमा ठेलमा ठेल गरेर एउटा सिटमा ६/७ जनासम्म बस्थेउ । र स्कुल बाहिर किराना पसलमा साथिहरु मिलेर चटपटे खान्थ्यौ , दालमोटको पाकेट किनेर बाडेर खान्थ्यौ याद छ ति दिनहरु… कहाँ गए ति साथिहरु कहाँ गए ति पसले बाजे । केहि थाहा छैन ।
हामी संसारमा जहाँ रहे पनि तर यो सत्य हो कि हामी बास्तबिक संसारमा हुर्केका हौ, हामिले बास्तबमा बास्तबिकताको सामना गर्यौ….।
घुँडा भन्दा माथी कपडा लगाउनु र सम्बन्धमा औपचारिकता अपनाउनु हाम्रो लागि राम्रो थिएन र भएन पनि। बिहानको खाना र बेलुकाको खाना बाहेक हामिलाई स्कुलमा टिफिन के हो थाहै थिएन..। हामी हाम्रो भाग्यलाई दोष दिदैनौ… जो बाँचिरहेका छन् उनीहरु खुशिले बाँचिरहेका छन् र यही सोच्छन। यो सोचले हामिलाई बाँच्न मद्दत गरिरहेको छ । जुन जिबन हामिले बाँचेउ उनीहरुको बर्तमानमा तुलना हुनै सक्दैन। हामी राम्रो थियौ या नराम्रो थियौ .. थाहा छैन तर हामी पनि एक समय थियौं ।।स्राेत: संताेष कार्की माैसुफ
Discussion about this post