इनरुवा । सुनसरीको कोशी गाउँपालिकाको वडामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रेका छन् । कोशी गाउँपालिका ३ नम्बर वडामा शुक्रबार एक घण्टा धर्ना, नाराबाजी र घेराउ गरेका स्थानीयहरु सनिबार वडा कार्यालय अगाडी पत्रकार सम्मेलन गरि आईतबार गाउँ पालिका घेराउ सहित आन्दोलनको चेतावनी दिएका छन् । कोशी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न सुकुम्बासीका लागि आबाश कार्यक्रम र कोरोना पीडित तथा जोखिम परिबारका लागि सहयोग रकममा मनोमानी गरेको र आफ्नै आसेपासेलाई वितरण गरेको, केही जेलमा रहेको व्यक्तिको नाम राखेको तथा नाम भएकाहरुलाई थाहा नदिएको समेत आरोप बाहिर आएको छ । शुक्रबार गरेको धर्ना, नाराबाजी र घेराउ गरेका स्थानीयहरुले वडा अध्यक्ष मंसुरी माथि अनियमितताको आरोप लगाएका छन् । सनिबार वडा कार्यालय अगाडी पत्रकार सम्मेलन गरेका पीडितहरुले अनियमितताको छानविन गर्नुपर्ने, दोषी वडा अध्यक्षलाई कार्वाही गर्नुपर्ने, पारदर्शिता गर्नुपर्ने सहितको माग राखी आईतबार गाउँपालिका घेराउ सहित आन्दोलनको चेतावनी दिएका छन् । यसअघि गरिब विपन्नका लागि आएको आबाश कार्यक्रममा पक्षलाई ५० हजार रुपैयाँ दिनुपर्नेमा ११ हजारदेखी १५ हजार रुपियाँसम्म कट्टा गरेर मात्रै दिएपछि चरम भ्रष्टाचार भएको बाहिर आएको भन्दै आन्दोलन भएकाले कोशी २ का वडा अध्यक्ष द्रोपती साह निलम्बिनमा परेपछि स्थानीयहरुको ध्यान वडा नम्बर ३ को भ्रष्टाचार तर्फ गएको हो ।
स्थानीय राजकुमार यादवले कोशीको प्रत्येक वडामा अनियमितता र ढिलासुस्ती बढेको भन्दै पश्चिम कुशाहा, जमुवाका स्थानीय तथा युवाहरु सडक आन्दोलनमा उत्रन बाध्य भएको बताए । गरिब विपन्नलाई दिनुपर्ने राहत, सहयोग र रोजगार सबै आफू र आफू निकटकालाई मात्रै दिएको अनि त्यसमापनि व्यापक अनियमितता गरेको भन्दै सयौको संख्यामा युवाहरुले कोशी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय विरुद्ध नाराबाजी गरेका छन् । कोशी गाउँपालिका ३ का वडा अध्यक्ष मंसुरीको सम्पती छानविन गर्नुपर्ने, मंसुरीलाई कार्वाही गर्नुपर्ने, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर , अत्याचार बन्द गर भन्दै आन्दोलनमा उत्रेका छन् ।
कोशी गाउँपालिका ३ का केही कोभिड पीडितहरुलाई झुक्याएको अभिभावकहरुले आाबाज उठाएको स्थानीय देवकुमार यादवले बताए ।
स्थानीयहरुले गाउँपालिका भित्रै छानविन र दोषीलाई कार्वाही नभए बाध्य भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्टिय स्वर्तकता केन्द्र र जिल्ला प्रशासान कार्यालयमा उजुरी दिने तयारी गरेका छन् । वडा कार्यालयमा आर्थिक हिनामिना भइरहेको बारेमा वडाले सुनुवाई नगरेकोले पालिकामा उजुरी दिने र त्यसमाथि छानबिन नभए तथ्यगत विवरण, प्रमाण समेतका आधारमा वडा अधयक्ष मंसुरी सहितको विरुद्ध आयोगमा निवेदन गर्ने जनाएको छ ।
यता कोशी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरीले रोजगार कार्यक्रम, विपन्न सुकुम्बासीका लागि आबाश कार्यक्रम र कोरोना पीडित तथा जोखिम परिबारका लागि आएको बजेट र रकममा कुनै मनोमानी र हिनामिना नगरेको प्रतिकृया दिनुभएको छ । मंसुरीले आफ्नो कोही पनि आसेपासेलाई वितरण नगरेको समेत दावी गरेका हुन् । आफ्नो वडामा १७० जनाको लागि मात्रै बजेट आएकाले सबैलाई पुरयाउन नसकेको कारण पनि आरोप आएको हुन सक्ने बताए ।
Discussion about this post