इनरूवा । सुनसरी कोशी गाउपालिकामा भएको व्यापक भ्रष्टाचारको बिरोध गर्दा पक्राउ परेका निर्दाेष विद्यार्थी तथा युवाहरू रिहाइ भएका छन् ।
प्रहरीले भ्रष्टाचारको विरूद्वमा आवाज उठाएका काेशी गाउँपालिका वडा नं.२ का २७ वर्षिय ब्रहमदेव यादव, २३ वर्षिय विकास यादव, ३० वर्षिय राजकुमार यादव, २८ वर्षिय देवकुमार यादव र २९ वर्षिय अलिम मंसुरी आज प्रशासनकाे आदेशमा रिहाइ भएका हुन् ।
पाँचैं जनालाई अनुसन्धानका लागि आइतबार लाैकही बजारबाट गिरफ्तार गरेकाेमा साेमबार पाँच दिनकाे म्याद थप गरिएकोमा प्रहरीले प्रमाणकाे आधारमा तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नु नपर्ने अवस्था देखाएकाले सुनसरी प्रशासन रिहाइको आदेश दिएको हाे ।
पक्राउ परेका पाँचै जनालाई काेशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीकाे गाडीमा ताेडफाेड गरेको तथा अभद्र व्यवहार गरेको आराेपमा मुद्दा लगाएको थियाे ।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post