काठमाडौं । विश्वव्यापी विद्यार्थी संगठन (WNSO) बंगलादेशको केन्द्रीय कार्यसमितिको अध्यक्षमा मनोज कुमार यादव निर्वाचित भएका छन् ।
सो संघको हालै सम्पन्न साधारणसभाबाट वरिष्ठ उपसभापतिमा डा. स्मृति चौधरी, उपसभापतिमा मीलन यादव र अकिल साह, महासचिवमा निश्चल बुढाथोकी, सहसचिवमा आमेशा सोविल, प्रवक्तामा अनिल यादव, कोषाध्यक्षमा रितु चालिसे, सहकोषाध्यक्षमा रविन खड्का, जनसम्पर्कमा अनिश खड्का, विद्यार्थी काउन्सीलरमा डा. प्रतिभा तिमिल्सीना, विशाल यादव, छात्रा प्रतिनिधिमा चन्दनी थापा, विभा ओस्ती, संस्कृतिक संयोजकमा पुरुषोत्तम ठाकुर, प्रज्ञा मर्हजन, मेडिया संयोजकमा प्रमोद चौधरी, सरीता गुरुङ, खेलकुद संयोजकमा अजित गुप्ता र रीचा चौधरी रहेका छन् । ढाका च्याप्टर पनि गठन
यसैगरी संस्थाले बंगलादेशको राजधानी ढाकामा शाखा गठन गरेको छ । संस्थाका अनुसार विशाल कमाती संयोजक तथा आलिशा तामाङ र निरोज पाण्डे सहसंयोजक रहेको सो समितिको महासचिवमा शौरभ झा, सहसचिवमा प्रदीप पाण्डे, कोषाध्यक्षमा शिवम शाह, सहकोषाध्यक्षमा आस्था यादव, प्रवक्तामा रुपेश यादव, छात्रा प्रतिनिधिमा आरती तामाङ र श्रीशा निरौला, मेडिया संयोजकमा निशा लामिछाने र महोश्वर भगत, विज्ञान संयोजकमा आयुष्का श्रेष्ठ र रोजन खड्का तथा विद्यार्थी काउन्सीलमा सन्देश चापागाईँ र अनिशा श्रेष्ठ रहेका छन् । ‘शिक्षा प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो’ भन्ने नारासहित सामाजिक गतिबिधि गरिरहने सो संस्था डा. राकेश साह लगायतको अभिभावकत्वमा अघि बढिरहेको छ । संस्थाले नेपाली विद्यँर्थीका हकहित अधिकार र सुरक्षाका बारेमा सम्बन्धीत देशको सरकार, नेपाली दूतावास र नेपाल सरकारसँगको समन्वयमा का मगर्दै आएको छ ।
Discussion about this post