टीकापुर /कैलालीकाे टीकापुर नगरपालिकामा रहेका सामुदायिक र निजी बिद्यालयमा गरि २ दिनमा १० हजार विद्यार्थीलाई काेराेना बिरुद्ध काे खाेप लगाईएकाे छ । टीकापुर नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी कोरोना विरुद्धको खोप लगाउन थालेको छ ।मंगलबारदेखि वडाका सामुदायिक विद्यालयमा काेराेना विरुद्धको खाेप लगाउन थालिएको हो ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाका १२ देखि १७ उमेर समूहका ७६ वटा विद्यालयका १२ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेकोमा मंगलबार ६ हजार ५ सय २४ जना र बुधबार ३ हजार ६ सय २ जना गरि दुई दिनमा १० हजार १ सय २६ जना बालबालिकालाई खाेप लगाइएको स्वास्थ्य शाखाका प्रमुख बल बहादुर रावलले जानकारी दिए । नजिकैका पायक पर्ने विद्यालयमा खोप केन्द्र राखी त्यहीवाट खोप लगाउन सकिने प्रवन्ध मिलाईएको रावलको भनाई छ ।
जस मध्ये ५ हजार १ सय ३८ जना छात्रा र ४ हजार ९ सय ८८ छात्र रहेको समेत रावललेे जानकारी दिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post