शुभ नारायण यादव /सप्तरी । आफ्नो आमाबुवाको स्मृतिमा क्लब स्थापना गरि विपदमा परेका र दिन दुखीहरुको सेवामा २४ से घण्टा समर्पित रहेका छन समाजसेवि इ. सुर्य नारायण यादव ।
सोहि क्रममा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आज एक अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं.१ धनगढी टोलका अग्निपिडित हरिहर प्रसाद साहको परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन । साहलाई राहत स्वरुप त्रिपाल, झुल, तन्ना, धोती, सारी, थाल, गिलास, पन्यौ, भाँडा, कन्ती लगायतका सामग्रीहरु वितरण गरेको क्लबका अध्यक्ष एव समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले जानकारी दिए । सो राहत वितरण गर्दै समाजसेवी यादवले आफ्नो सानो सहयोग स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् भने अग्निपिडितलाई सहयोग गर्नु पाएमा खुशी समेत व्यक्त गरेका छन । उक्त कार्यक्रममा पत्रकार बृजमान तामाङ, शुभ नारायण यादव, हिमाल रेमिट्यान्सका म्यानेजर विरेन्द्र यादव लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । गत मंसिर ९ गते आगलागी हुदा साहको दुई कोठे घर जल्दा झण्डै १५ लाख भन्दा बढिको क्षति भएको थियो ।
Discussion about this post