इनरूवा । नेपाली कांग्रेसकाे १४ औं अधिवेशनमा भोक्राहा नरसिंह गाउँपालिकाको कार्यसमितिको सभापति पदमा युवराज दाहाल निर्वाचित भएको छ ।
त्यसैगरी उपसभापति पदमा मुस्ताक मियाँले ६१ र मन्जिला उराँवले ६० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्धी मौली मियाँले ५७ र रेखादेवी गुप्ताले ५७ मत ल्याएर पराजित भएका हुन् ।
त्यसैगरी सचिव पदमा कृपाराम मेहताले ६५ र अस्फाक आलम अन्सारीले ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी सन्जुदेवी शाहले ५० मत प्राप्त गरेर पराजित भएका हुन् ।
त्यस्तै सह–सचिव पदमा बैजु मण्डलले ६३ र सेराज मियाँले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी पारसलाल उराँवले ५७ र धिरेन्द्र प्रसाद यादवले ७ मत प्राप्त गरेर पराजित भएको मतदान अधिकृत लोकराज बस्नेतले बताए ।
उता पटकपटक गरी चारपटक सो पालिका अधिवेशनको कार्यतालिका हेरफेर गर्दै आएकोमा लामो समयपछि नेतृत्व चयनका लागि आज मंगलबार मतदान भएको थियोे । यसअघि दुवैसमुह बीच विवाद उत्पन्न भएको कारण अधिवेशन अनिश्चित बन्दै गएका थिए ।
Discussion about this post