झुम्का । रामधुनी नगरपालिका क्षेत्रको राजनितिक गतिविधिलाई व्यवश्थापन गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले झुम्कामा पार्टी कार्यालय संचालनमा ल्याएको छ ।
नकेपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य धर्मराज निरौलाले रामधुनी नगर कमिटीकाे विधिवत रुपमा पार्टी कार्यालय संचालनका सुरुवात गर्दै कार्यालय उद्घाटन गरेका हुन्।
निरौलाले कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सुनसरीको रामधुनी नगरक्षेत्रका राजनितिक तथा सागंठनिक गतिविधिहरुलाई कार्यालय मार्फत संचालन गरि यस क्षेत्रमा नेकपा एसलाई पहिलो दलका रुपमा स्थापना गर्न कार्यालय व्यवश्थापन आवश्यक रहेको बताए ।
निरौलाले अन्य दल भन्दा फरक रुपमा राजनितिक मुल्य मान्यतालाई स्थापित गराई विधि पद्धती अनुसार दल संचालन गरि आउँदो स्थानिय तहको निर्वाचन परिचालनसगै इनरुवा उत्तरतर्फका राजनितिक कामरु झुम्का केन्द्रबाट गर्नसमेत नेकपा एसका कार्यकर्ताहरुलाई सुझाएका थिए ।
कार्यक्रममा नेकपा एसका सल्लाहकार समिति सदस्य केपी सापकोटा, जिल्ला अध्यक्ष गोविन्द निरौला, अनेरास्वीयुका केन्द्रिय सचिव सुमन कार्की, जिल्ला नगर तथा वडा तहका नेता कार्यकर्ता, युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Discussion about this post