आम मानिसको कथा एक मिनेट समय दिएर पढ्नु हाेला । महाेदय्
हिजो म पसलबाट चाँडै घर पुगे । प्रायः म १० बजेपछि घर पुग्छु हिजो म ८ बजे नै आएँ ।
सोचेको थिए घर गएर श्रीमतीसँग एकछिन कुरा गर्छु , अनि कहिँ कतै बाहिर खाना खान जाउँ भन्छु । धेरै बर्ष पहिला हामी यस्तै गर्थेउ।
घरमा आउँदा श्रीमती दुर्गा टिभी हेरिरहेकी थिइन् । मलाई लाग्यो जबसम्म उनको यो सिरियल सकिदैन त्यतिन्जेल म बसेर कम्प्युटरमा केहि मेल चेक गर्छु । म मेल चेक गर्न लागे ,केहि समयपछि श्रीमतिले चिया लिएर आइन , मैले चिया पिउदै पसलको काम गर्न थाले।
मनमा यो थियो कि श्रीमती सँग बसेर कुरा गर्छु , त्यसपछि खाना खान बाहिर जान्छु , तर ८ बजे बाट ११ कतिबेला बज्यो पतै भएन ।
श्रीमतिले त्यहीँ टेबलमा खाना ल्याइ दिइन , मैले चुपचाप खाना खान थाले । खाना खादै गर्दा मैले भने खाना खाएर हामी बाहिर टहल्नको लागि जानुपर्छ हिड्दै गफ गर्नुपर्छ। श्रीमती खुशी भइन ।
म खाना खान थाले , यश बिचमा मलाई मनपर्ने सिरियल आयो टिभिमा म खाना खादै सिरियल मा डुब्न थाले । सिरियल हेर्दाहेर्दै सोफामा नै निदाएछु।
जब निन्द्रा खुल्यो तब आधा रात भैसकेको थियो ।
धेरै नै पछुतो भयो! मनमा यो सोचेर घर आको थिए कि छिटै आउनुको फाइदा उठाउँदै आज केहि समय श्रीमतिको साथमा बिताउँछु । तर यहाँ त साझ मात्र होइन आधारात पनि बितिसकेछ ।
यस्तो नै हुन्छ जिन्दगीमा , हामी सोच्छौ एउटा हुन्छ अर्को ।
हामी सोच्छौ कि एकदिन त आफ्नोलागी खुलेर बाचिन्छ तर कहिले आउदैन त्यो दिन । हामी सोच्छौ एकदिन त गरौंला तर त्यो दिन कहिले आउँदैन ।
मध्यरातमा सोफाबाट उठे हातमुख धोएर ओछ्यानमा आएँ , दिनभर घर धन्दा मेलापात कामले थाकेर श्रीमती सुतेकी थिइन् – म चुपचाप बेडरुमको कुर्सीमा बसेर केहि सोच्दै थिए।
१८/२० बर्ष अगाडी यि केटिसँग म पहिलोपटक भेटेको थिएँ । उनलाई पहेँलो रँगको कुर्थासरवालमा देखेको थिए । त्यसपछि मैले उनिसँग बिबाह गरे मैले बचन दिएको थिए सुख दुखमा जिन्दगीको हरेक मोडमा म तिमिलाई साथ दिन्छु।
तर यो कस्तो साथ? म बिहान उठ्छु आफ्नो काममा ब्यस्त हुन्छु । ऊनी बिहान् उठ्छिन मेरो लागि चिया बनाउछिन । चिया पिएर कम्प्युटर मोबाइल मार्फत म संसार सँग जोडिन्छु । उनले नास्ता तयार गर्छिन र हामी दुई नै पसलको काममा लागिपर्छौं । म पसल जानको लागि तयार हुन्छु । उनले मेरो खानाको तयारी गर्न थाल्छिन । त्यसपछि हामी दुई भबिस्यको काममा लागिपर्छौ।
म बिहान पसल जान्छु , यसै कुरालाई आफ्नो सान सम्झन्छु कि म बिना मेरो पसलको काम चल्दैन…
उनले आफ्नो काम गरेर दिउँसो खाजाको तयार गर्न थाल्छिन ।
अबेर रातमा घर आउछु र रातको खाना खादा खादै थकित हुन्छु। पुरा दिन पसलको काममा बित्छ।
यो फोटोमा देखिने हरियो साडी कालो बुलाउज लगाउने केटिले मसँग कहिल्यै गुनासो गर्दिनन, किन गर्दिनन मलाई थाहा छैन।
तर गुनासो म आफै सँग छ । मान्छेले जसलाई सबैभन्दा धेरै माया गर्छ , सबैभन्दा कम उसैलाई ख्याल राख्छ । किन?
कहिलेकाही यस्तो लाग्छ कि हामी अब आफ्नो लागि काम गर्दैनौं। हामी कुनै अज्ञात डरसँग लड्नको लागि काम गर्छौं । हामीले बाच्नुको पछाडि जिन्दगी खेर फालिरहेका छौ।
हिजोदेखी म सोचिरहेको छु , त्यो कुन दिन हुन्छ जब हामी आफ्नो लागि बाच्न थाल्छौ । के हामी गाडी मोबाइल , टिभी कम्प्युटर ल्यापटप कपडा किन्नकै लागि बाँचिरहेका छौँ?
मैले सोचिरहेको छु, तपाईं पनि सोच्नुस
यो जिबन धेरै छोटो छ , यसलाई त्यसै जान नदिनुहोस । आफ्नो मायालाई चिन्नुहोस। उनिसँग समय बिताउनुहोस । जसले आफ्नो आमाबुबा दाजुभाइ दिदिबहिनी साथिसंगी आफन्त छोडेर तपाइसँग सम्बन्ध जोडेर दु:ख सुखमा साथ दिने बाचा गरेकी छिन ।
उनलाई दुख सुख हराम बिराम राम्रोसँग सोध्नुस् त एकपटक ।
जिबन भट्टिको बालुवा जस्तै हो भनेर एकदिन पछुताउनु भन्दा आजै सत्य बुझेर सच्चिनु राम्रो हुन्छ । कुनबेला आफुले माया गरेको जिन्दगीभर साथ जिउने मर्ने कसम खाएको मान्छे मुठीबाट खुस्किन्छन पत्तो हुदैन ।।
यो पोस्ट पसल गर्नेको लागि मात्र सिमित नभएर केहि बिभिन्न पोस्टका कर्मचारीहरुसँग मेल खान सक्छ:
अफिस छुट्टी भएपछि हत्तपत्त घर आयो वा बाटैबाट झोला फुत्त फ्यालेर लुगा नफुकाली भट्टी तिरजाने तिनै अफिसका कर्मचारीको जम्बो टोलिसँग दैनिकी भेट हुने राजनीति गफ लगाउने २/४ बोतल चिरिप्प पार्ने बाटै बाट आफ्नो स्वास्निलाई फलानी र तिलानी भन्दै गाली गलौज गर्दै आउने , बिहान जुरुक्क उठ्ने श्रीमतीको अनुहार नहेरी चिया पसल जाने हो कि हिजोको धङधङी मेट्न एक गिलास लगाउन जाने , लगापछि ९ बजे घर आउने श्रीमतीले पकाको खाने केहि नबोलि अफिस जाने सज्जन हरुले पनि केहि सोच्ने हो कि. श्रीमती छोराछोरीलाई समय दिएको छु त भनेर …। फेसबुक ईन्टरनेटको जमाना छ साहेब कतिबेला श्रीमती हातबाट चिप्लिन्छिन पत्तो नहोला । संताेष कार्की माैसुफ
Discussion about this post