रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेमराज खड्का (आदित्य), रिता ढकाल र मिलेनियम निरौलालाई रामधुनी नगर कमिटी सदस्यमा मनोनित गरेको छ ।
सोमबार बसेको नगर कमिटीको बिस्तारित बैठकले ३ जनालाई नगर कमिटी सदस्यमा मनोनित गरेको हो ।
योसँगै यसअघि ५१ सदस्यीय रामधुनी नगर कमिटी अब ५४ सदस्यीय भएको छ ।
बैठकले फागुन मसान्तसम्ममा रामधुनीका ९ ओटै वडामा वडा कमिटी निर्माण, अनेमसंघ, अनेरास्ववियू लगायत जनवर्गिय संगठनका नगर कमिटी निर्माण गरिसक्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर टोल–टोलमा कमिटी बिस्तार गर्दै निर्वाचनको तिब्र तयारीमा लाग्ने निर्णय बैठकले गरेको पार्टी नगर कमिटीका सचिव रोसन खडकाले जानकारी दिए ।
Discussion about this post