काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकको दोस्रो दिन हिजो आउदो स्थानीय निर्वाचनको उम्मेदवार छनौटमा कसको हस्ताक्षर हुने भन्ने विवाद बढेको छ ।
पूर्व प्रम डा. भट्टराई पक्षले संघीय परिषद अध्यक्ष र कार्यकारिणी अध्यक्ष दुबैको हस्ताक्षर हुनुपर्ने जिकिर गरे भने अध्यक्ष यादवले यो प्रकृयाको विषय भएकोले यसमा स्वतः अध्यक्षको मात्र हस्ताक्षर हुनुपर्ने तर्क आएपछि बढेको विवादले बैठक लम्बिएको थियो र अरु महत्वपूर्ण एजेण्डा उपर छलफल हुन सकेन । पार्टी कार्यालय स्रोतको अनुसार दुईपक्षको आआफ्नो दाबी यथावत रहिरहेको बखत अर्का नेता राजेन्द्र प्रसाद श्रेष्ठले वरिष्ठ नेता असोक राईको मात्र हस्ताक्षर रहने निर्णय गरौ भनी प्रस्ताव गरेका छन । सो प्रस्ताव उपर निर्णय भईसकेको छैन । स्थानीय तहलाई जिल्ला र प्रदेशले सिफारिस गर्ने र सिर्फ ६ वटा महानगर पालिकाको मात्र केन्द्रको हस्ताक्षर चाहिने भएकोले यो ठूलो विषय नभएको बताईएको छ ।
आज १५ फागुनमा संघीय संसदको बैठक भएकोले सो बैठक पछि पुनः कार्यकारिणी समितिको बैठक सुचारु हुने जानकारी प्राप्त भएको छ । १२ भन्दा बढि प्रस्तावहरु उपर बैठक केन्द्रीत भईरहेको छ ।
Discussion about this post