सुरेन्द्र मेहता /इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सोमबार अपांगता रोकथाम तथा पुनःस्थाप्ना कार्यक्रम अन्तरगत अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरेका छन् ।
प्रदेश सरकार प्रदेश नं.१ का समाजिक विकास मन्त्रालयको सहयोग तथा भोक्राहा नरसिंह गाउँपालिका, गाउँ कार्यपालिका कार्यालय चिरौली, सुनसरीको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरेको हो ।
अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले भने यस पालिका क्षेत्रमा रहेका व्यक्तिहरुलाई अवका दिनमा पुरानो समय फर्केर हेर्नु नपर्ने बताइन् ।
उनले अपांगता भएका फहिम मिँयालाई ह्वील चीयर हस्तान्तरण गर्दै सो कुरा बताएकी हुन् ।
उनले अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रम अन्तरगत ह्वील चीयर, कृतिम खुट्टा, लठ्ठी लगायतका सामाग्रीहरु वितरण गरिएकी छिन् । सो वितरण कार्यक्रममा स्वास्थ्य शाखाकी कर्मचारी मिठु श्रेष्ठ, सुचना प्रविधि अधिकृत संदेश तिम्लिसिना, रोजगार संयोजक शोभा मेहता, योजना शाखाका योजना सहायक रामचन्द्र यादव लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post