शुभ नारायण यादव /सप्तरी ।
जनयुद्धका शहिद परिवारहरुलाइ सम्मान तथा चेक वितरण कार्यक्रम सप्तरीको राजविराजमा अाज एक समारोह विच सम्पन्न भएको छ । मधेस प्रदेश सरकार आन्तरिक मामिला तथा सन्चार मन्त्री एवम मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद परिवारलाई १-१ लाख रुपैयाँ सहित सम्मान पत्रद्दारा १२ जना शहिद परिवारलाई सम्मान तथा चेक हस्तान्तरण गर्नु भयो । वहाँले जनयुद्धका बेला शहादत भएका तथा छुटेका सम्पुर्ण शहिद परिवारलाई पनि सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सप्तरीका जनयुद्ध शहिद १२ जनाहरुमा तिरहुत गापाका राम कुमार मुखिया ,जिवानन्द यादव,अग्नी सायर गापाका गुणानन्द चौधरी ,सुरुगा नपाका दुर्गा पौडेल,अर्जुन कोइराला,डाकनेश्वरी नपाका रमेश राम,रामेश्वर चौधरी,राजगढ गापाका वीरेन्द्र यादव,सकलदेव यादव,राम विलास राम,वलान विहुल गापाका कमलेस यादव,जुक्ती यादवको परिवारलाई मन्त्री एवम प्रतिष्ठानका अध्यक्ष साहले १-१ लाख रुपैयाँ सहित सम्मान पत्रद्दारा सम्मान गर्नु भयो । सो अवसरमा प्रदेश सासदद्वय जगत प्रसाद यादव, प्रमिला यादव , संविधान सभा सदस्य एव नेकपा माओबादी केन्द्रका सप्तरी ईन्चार्य अमर मण्डल , मन्त्रालयका सचिव राम कुमारमहतो ,सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम , नेपाल पत्रकार महासङ्घ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रतिष्ठानका सदस्य कविता ठाकुर लगायतले जनयुद्धका शहिद परिवारहरुलाइ सम्मान मधेस प्रदेश सरकार, आन्तरिक मामिला तथा सन्चार मन्त्री एवम मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहलाई धन्यवाद दिनुभयो ।
रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...










Discussion about this post