इनरुवा । सुनसरीको विभिन्न गैरसरकारी संस्थाहरुको छाता संस्थाको रुपमा रहेको गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सुनसरीको नवौं अधिबेशन तथा १४ औ वार्षिक साधारण सभा धरानमा सम्पन्न भएको छ ।
गैससहरुको सामूहिक एकता, गैससमैत्री ऐन निर्माणमा एक्यवद्धता भन्ने मुलनाराको साथ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखाको अधिबेशन तथा बार्षिक साधारण सभाले मेघराज न्यौपानेको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।
अधिबेशनले न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको निर्वाचन समितिका अधिकृत दिपेन्द्र कार्कीले जानकारी दिए ।
महासंघको जिल्ला उपाध्यक्षमा रामशुन्दर मेहता,सचिबमा अमर बहादुर राई,उपसचिबमा शान्ती दनुवार र कोषाध्यक्षमा मजुद्धिन अंसारी निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी जिल्ला सदस्यहरुमा जमुना सिग्देल, परमानन्द मेहता, दयालाल चौधरी, बल बहादुर बस्नेत, दिल कुमार राई, सरिता कार्की घिमिरे, इन्द्रमाया विश्वकर्मा, कल्पना चौधरी, बिमला घिमिरे, कमला खत्वे र नइम अन्सारी पनि निर्विरोध चयन भएका छन् ।
Discussion about this post