इनरुवा । गाउँमै एम्बुलेन्स आएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं.५ का स्थानीयवासीहरु खुशी भएका छन् ।
गाउँघरमै सेवा दिने उदेश्यका साथ श्री खुशीलाल यादव स्मृति प्रतिष्ठान भोक्राहा नरसिंह वडा नं. ५ ले सञ्चालनमा ल्याउने भएपछि स्थानीयहरुको अनुहारमा खुशी पलाएको बताए ।
गाउँमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स श्री खुशीलाल यादव स्मृति प्रतिष्ठानले संचालनमा ल्याउन लाग्दा को खुशी हुदैँन ? भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का स्थानीय युवा दुर्गान्नद यादवको भनाई छ ।
स्थानीय यादव भन्छन् विगत वर्षमा हाम्रो गाउँघरमा एम्बुलेन्स नहुँदा समस्या हुन्थ्यो, अहिले गाउँमै सुविधा सम्पन्न एम्बुलेन्स ल्याएपछि गाउँवासीसँगै वडावासीहरुमा समेत खुशी पलाएको बताउँछन् ।
उनले प्रदेश प्वाइन्ट अनलाईन मिडियासँग कुराकानी गर्दै भन्छन्, विगत केही वर्ष अघि सम्म साविक नरसिंहकोे बाटोघाटो राम्रो नहुँदा गाउँघरको विरामीहरुलाई उपचार गराउन गौरुगाडा, ट्रयाक्टर, साइकलमा राखेर अस्पताल सम्म पुर्याएर उपचार गराउन लानुपर्ने समस्या हुन्थ्यो तर अबका दिनमा त्यस्तो समस्याबाट भोक्राहा नरसिंह वडा नम्बर ५ नरसिंहका वडावासीहरुलाई छुटकरा भएको बताए ।
यता आफ्नो हजुरबुवाको सम्झनामा स्थाप्ना गरिएको श्री खुशीलाल यादव स्मृति प्रतिष्ठान भोक्राहा नरसिंह वडा नं. ५ का सञ्चालक श्यामसुन्दर यादवले १५ लाख ५० हजार रुपैयाँ बराबरको सहयोगमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका अध्यक्ष रामप्रसाद यादवले जानकारी दिए ।
प्रतिष्ठान अध्यक्ष यादवका अनुसार ग्रामिण क्षेत्रका आसपासका जनतालाई सेवा दिने लक्ष्य राखेर भोली शनिबार उद्घाटन गर्न लागेको बताए ।
उता प्रतिष्ठानले एम्बुलेन्स कानुनी प्रक्रिया पूरा गरी शनिबार विधिवत रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याइने तयारी थालिएको सञ्चालक यादवको कथन छ ।
त्यस्तै समाजसेवाका लागि प्रतिष्ठानका सञ्चालक श्यामसुन्दर यादवको सहयोगमा ल्याइएको सुविधा सम्पन्न एम्बुलेन्स, गरिव, अतिविपन्न परिवार, असहाय परिवारहरुलाई निःशुल्क उपलब्ध गराउने प्रतिष्ठानका अध्यक्ष यादवको भनाइ छ ।
Discussion about this post