शुभ नारायण यादव/ सप्तरी । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणासँगै सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ । स्थानीयस्तरमा नेकपा(माओवादीकेन्द्र)का क्रियाकलाप बढ्नुको साथै अध्यक्ष र उपाध्यक्ष पदका सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको लर्कोसँगै चुनावी सद्गर्मी बढेको हो । चुनावी चहल पहल अन्तर्गत आज शुक्रवार महादेवा गापा वडा नम्बर १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत धोषणा गरियो । सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल(अमर) ब्यक्त गर्नु भयो । त्यसै गरी प्रदेश सदस्य महेश प्रसाद यादवले माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चितता रहेकोले सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको बताउनुभयो ।
गाउँपालिका अन्तर्गतका बिभिन्न ब्यक्तिहरुले अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुले आफुलाई योग्य उम्मेदवार भएको दाबी प्रस्तुत गर्न थालेका छन । स्थानीय सरकारको नेतृत्व गर्न दिपेन्द्र माझी,देवराम यादव,मनोज यादव,कृष्ण चन्द्र मण्डल(वौवा),कृष्णदेव मण्डल,सुरेन्द्र यादव,मो सकुर,वेजु कामैत,फरेवी सदा अध्यक्ष पदमा आकांक्षी रहेका छन । यसैगरी उपाध्यक्षमा अनिता कुमारी मण्डल,अनिता कुमारी यादव,पर्मिला यादव,सविता कुमारी मण्डल,उर्मिला देवी यादवले दाबी प्रस्तुत गरेकी छिन् । चुनावको मिति नजिकिदै जाँदा स्थानीयस्तरमा निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउने छलफल भएको छ । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
गाउँपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन अहिलेदेखि नै कसरत भईरहेको स्थानीय माओवादी केन्द्रले बताएका छन् । महादेवा गाउँपालिकामा माओवादी केन्द्रर्का दिपेन्द्र माझी,देवराम यादव,मनोज यादव,कृष्णदेव मण्डल,मो सकुर,वेजु कामैत,शत्रुधन प्रसाद यादव,राधेश्याम यादव,रामचन्द्र मण्डल,हरी नारायण यादव,दिपेन्द्र प्रसाद यादव,अशोक मण्डल,नारायण मण्डल,चुनाई यादव,राजाराम यादव,देवकिसुन यादव,वासुदेव यादव,वौना सदा योगेन्द्र यादव,खचन वक्ति सदा,ढलाइ सदा,शैलेन्द्र यादव,योगेन्द्र सदा,परमेश्वर सदा,लगायतको उपस्थिती रहेको छ ।
Discussion about this post