• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

खोलाबाट उत्खनन गरिएको ढुङ्गा गिट्टी लिम्वुचौरीमा स्टक

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २० गते, २२:४० बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
खोलाबाट उत्खनन गरिएको ढुङ्गा गिट्टी लिम्वुचौरीमा स्टक
23
SHARES
Share on FacebookShare on Twitter
धरान / सुनसरीको धरान उपमहानगरपालिका प्रमुखले निर्णय गरी धरान-५ स्थित अधेरी खोलाबाट ढुङ्गा गिटी निकाल्न दिएकोले खोलाको चरम दोहन भइरहेको आरोप लगाउँदै  नेकपा एमाले धरानले उक्त निर्णय प्रति आपत्ति जनाएको छ ।
श्रेष्ठ मोतीदान ज्वाइन्ट भेन्चरलाई अँधेरी खोलाबाट मदन भण्डारी राजमार्ग निर्माणका लागी भनेर ढुङ्गा गिटि निकाल्न दिएको भए पनि कम्पनीले आधा भन्दा बढी गिटी अन्यत्र लैजाने गरेको नेकपा एमाले केन्द्रीय सदस्य तथा धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन।
नगरप्रमुख स्तरीय निर्णय गरी मेयर तिलक राईले नियम विपरीत खोलाबाट गिटी उठाउन दिएपछि सुरुदेखि नै खोलाको दोहन भइरहेको उनले बताइन् । सम्झौताका सर्तहरू उल्लङ्घन गरेर खोलाको दोहन भइरहँदा पनि धरान उपमहानगरपालिकाले अनुगमन गरेन भनेर सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आफूले शुक्रवार अधेरी खोला उत्खननको अनुगमन गर्न पुगेको बताइन् ।
अनुगमनको क्रममा खोलाबाट उत्खनन गरिएको ढुङ्गा गिट्टी लिम्वुचौरीमा स्टक गर्नुपर्नेमा त्यहाँ नराखी अन्यत्र लैजाने गरेको पाईएको बताउँदै धरान उपमहानगरपालिकाको आम्दानी खस्किरहेको बेलामा त्यहाँ चरम भ्रष्टाचार भएको उपमेयर भण्डारीले बताइन् । अहिले ज्वाइन्ट भेन्चरले खोला उत्खनन गरेको स्थानमा फेरी दोहोर्‍याएर खोला उत्खनन गरिरहेको उनको भनाइ छ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको निष्कर्षमा दैनिक २७४.५७ घन मिटर मात्र नदीजन्य पदार्थ सङ्कलन गरिने भनिएको भएपनी अहिले असीमित रूपमा सङ्कलन भइरहेको र २ मिटर गहिराइसम्म मात्रै सङ्कलन गर्ने भनिए पनि दोब्बर भन्दा बढी गहिराइमा सङ्कलन भइरहेको उनको भनाइ छ । यसरी तोकिएको मापदण्ड विपरीत खोला उत्खनन भइरहेको बताउँदै उपमेयर भण्डारीले भनिन्- ‘धरान उपमहानगरपालिकाको नगर कार्यपालिकामा निर्णय नै नगरी कसैलाई थाहै नदिई नगर प्रमुख स्तरीय एकल निर्णय गरेर उत्खनन गर्न दिइयो, गएको पुस १८ गते नेकपा एमालेको अधिवेशनमा व्यस्त रहँदा आफूलाई थाहै नदिई नगरप्रमुख स्तरीय निर्णय गरी अधेरी खोला उत्खनन गर्न दिइएको बताउँदै उपमेयर भण्डारीले भनिन् खोलाको दोहनमा चरम भ्रष्टाचार भएको छ।
‘ढुङ्गा गिटि बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७७ मा’ आयोजना कार्यालयले आवश्यक परिणाम खुल्ने ब्यहोराको सिफारिस गर्नुपर्छ’ भनिएको छ तर आयोजनाले चिठी लेखेर आवश्यक सहयोग गरिदिनु मात्रै भनेको छ । परिणाम खुल्ने गरी सिफारिस नगरे पनि धरानका मेयर तिलक राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको निर्णयबाट ७० हजार घन मिटर ढुङ्गा गिटि उत्खनन गर्न दिइएको उनको भनाइ छ । सोही मापदण्डमा उक्त निर्माण सामाग्री अन्यत्र प्रयोग गर्न नपाइने भनिएको छ  तर आधा भन्दा बढी निर्माण सामाग्री अन्यत्रै लगिएको पाइएको उपमेयर भण्डारीले बताइन् ।
पत्रकार सम्मेलनमा तपाई धरान उपमहानगरपालिकाको उपमेयर हो यस्तो कुरा धरान उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी गर्नु पर्ने होइन र ? भन्ने प्रश्नमा उपमेयर भण्डारीले आफू प्रतिपक्षी दलको तर्फबाट पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको बताइन् ।
Tags: खोलाबाट उत्खननगरिएकोढुङ्गा गिट्टीलिम्वुचौरीमा स्टक

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist