• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहले सुरु गर्यो असल अभ्यास, अब कमिसन खाने कर्मचारीको मुखमा टेप लाग्ने

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २३ गते, २३:३७ बजे प्रकाशित
in Uncategorized
भोक्राहा नरसिंहले सुरु गर्यो असल अभ्यास, अब कमिसन खाने कर्मचारीको मुखमा टेप लाग्ने
135
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । पछिल्लो समय यता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भइरहेको विभिन्न योजना तथा कार्यक्रममा अनियमिततालाई रोक्नका लागि असल अभ्यासहरुका काम सुरु गरेका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाले जिल्लामै पहिलो पटक असल अभ्यासहरुका काम सुरु गरेपछि अब कार्यक्रम नगरी फर्जी बील भर्पाइ बनाई कागज मिलाउने कर्मचारीको मुखमा टेप लाग्ने भएको छ ।
गाउँपालिकामा केही कर्मचारीले स्थानीय तह निर्वाचन २०७४ यता गाउँपालिकाकै एक कर्मचारीले विभिन्न शिर्षकको रकम हिनामिना गरी इटहरी उपमहानगरपालिका र बिराटनगर महानगरपालिकामा घरघडेरी समेत किन्न भ्याइएको भोक्राहा नरसिंह गाउँपालिकाका एक जनप्रतिनिधिले जानकारी दिएको छ ।
उता गाउँपालिकामा बढ्दै गएको गुनासोको मध्यनजर गर्दै सोमबार भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र उपाध्यक्ष पुनम कुमारी मेहताको हस्ताक्षर सहीत असल अभ्यासहरुको कामकारवाही सुरु गरिएको भोक्राहा नरसिंह गाउँपलिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार गाउँपालिकाले सेवाप्रवाहलाई सरल, सहज, छिटो, छरितो, प्रविधिमैत्री, प्रभावकारी बनाउनको लागि देहाय बमोजिमको असल अभ्यासहरु शुरुवात गरिएको जानकारी दिएको छ । उनले सेवा प्रवाह क्षेत्रमा एक वडा, एक सचिवको व्यवस्था, वडा कार्यालय, स्वास्थ्य संस्था र मातहतका शाखाहरुको नियमित अनुगमन निरीक्षण, समस्या पहिचान, सेवा प्रवाहमा सुधार लगायतको व्यवस्था गर्ने भएका छन् ।
त्यसैगरी कार्यालयमा आगन्तुक पुस्तिकाको व्यवस्था, फेसबुक, वेभसाइट लगायतमा पालिकाको हरेक गतिविधि दैनिक रुपमा सार्वजनिकिकरण, प्रत्येक महिना अनिवार्य स्टाफ मिटिङ्ग, समस्याको पहिचान गरी कर्मचारीको क्षमता विकासमा सहजीकरण लगायतको कामको सुरुवात गर्ने भएका छन् ।
त्यस्तै कर्मचारीलाई विदा दिँदा सेवाप्रवाहमा असर नपर्ने गरी अर्को कर्मचारीलाई जिम्मेवारी वहनको व्यवस्था मिलाएर मात्र विदा स्वीकृत हुने व्यवस्था कर्मचारीहरुले निर्वाह गर्न पर्ने भुमिका, काम, कर्तव्यको सम्बन्धमा स्पष्ट कार्यविवरण सहितको शाखागत जिम्मेवारी तोक्ने तयारी, अतिरिक्त समय कामकाज गर्ने कर्मचारीलाई आवश्यक प्रमाण कागजातको आधारमा थप सुविधा व्यवस्था, मातहतको कर्मचारीलाई अधिकार प्रत्यायोजन, कार्यालयमा चौविसै घण्टा विद्युत व्याकपको व्यवस्था गरिएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार, सामाजिक विकास लगायतको क्षेत्रमा ः वडास्तरीय अनुगमन समितिबाट वडामा संचालित आयोजना निर्माण कार्यको नियमित अनुगमन निरीक्षण गरी पन्ध पन्ध्र दिनमा कार्यालयमा प्रतिवेदन पेश गर्ने व्यवस्था, प्रत्येक निर्माण स्थलको दैनिक निगरानी गर्न हेरालुको व्यवस्था, निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्माण व्यवसायीसँग छलफल, निर्देशन, सबै निर्माण कार्यको अनुगमन निरीक्षण गरी त्रुटी सुधार गर्न निर्माण व्यवसायीलाई पत्राचार, आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धन तर्फ खरिद इकाईको निर्णय र अख्तियारी बिना कुनै पनि सामानको खरिद नगर्ने व्यवस्था तालिम कार्यक्रमको अनिवार्य अनुगमन र फेसबुकमा अपडेट गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी इन्धन, खाजाको भुक्तानी गर्दा प्रमाण कुपन प्रतिवेदन, पुष्ट्याइ हुने कागज राख्ने व्यवस्था, एक व्यक्तिलाई दोहोरो रुपमा सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको देखिएकोले पंजिकरणको स्टाफलाई लाभग्राहीको पहिचान र विवरण राजु गन घर–घर, बडा–वडा, टोलटोलमा खटाएको, सत्य तथ्य विवरण प्राप्त भएपछि मात्र सामाजिक सुरक्षा भत्ता निकासा हुने व्यवस्था, फजुल खर्च नियन्त्रण कडाइका साथ अभियान गर्न शुरु , जिन्सी निरीक्षण गरी जिन्सी अभिलेख अद्यावधीक गर्ने व्यवस्थाको शुरुवात के कुन पदाधिकारी कर्मचारीको जिम्मा के कुन जिन्सी सामानहरु रहेको छ । जिन्सी सामान, जिन्सी अभिलेखको अवस्था अध्ययन, अनुगमन निरीक्षण गर्न पाँच सदस्यीय टोली गठन गरेको जानकारी दिएको छ । भने बेरुजु फर्छयौटको लागि सम्बन्धीत शाखा र कर्मचारीसँग नियमित सहजीकरण र समन्वय गरिएको छ ।

Tags: अब कमिसन खानेअसल अभ्यासकर्मचारीको मुखमा टेप लाग्नेभोक्राहा नरसिंहलेसुरु गर्यो

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित
FEATURE

काठमाडौं महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण,भोक्राहा नरसिंह पनि लाभान्वित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ अशोज ७ गते, १८:५६ बजे प्रकाशित
0

सुनसरी – काठमाडौं महानगरपालिकाले देशभरका दुर्गम र स्वास्थ्य सुविधा अभावमा रहेका ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरेको छ। मंगलबार राजधानीमा...

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

आन्दोलन प्रभावित पालिकाले पुनः सेवा सुरु गरे

२०८२ अशोज २ गते, १७:४० बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

भोक्राहा नरसिंह गाउँपालिकामा देउवाको भव्य स्वागत

२०८२ भदौ २१ गते, २०:३३ बजे प्रकाशित
नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

नेपालमा फेसबुक–वाट्सएप बन्द हुने चर्चा : मेटाले गरे मन्त्री सचिवालयमार्फत सम्पर्क

२०८२ भदौ १९ गते, २०:०३ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

२०८२ भदौ ९ गते, १९:५० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित
सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

सधैंभरी जनताका पक्षमा काम गर्नेछु: उम्मेदवार कोइराला

२०८२ माघ २४ गते, १६:४३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist