शुभ नारायण यादव /सप्तरी ।
नेपालकै एक मात्र टापु अर्थात आईल्याण्डको रुपमा रहेको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १३ गोवरगाढाका ५८ धरधुरी परिवारलाई मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले आफ्नो संसदिय कोषवाट अध्यांरोमा वस्न वाध्य परिवारजनमा सोलार प्यानल सेट वितरण गर्नुका साथै ६ थान सोलार सेट जडान पनि गराएका छन।वाढीले विधुतको प्रशारण लाईन अवरुद्ध वनाएपछि त्यहाँका स्थानियहरु अंध्यारोमा वस्न वाध्य रहेको थियो ।
वितरण कार्यक्रमको सम्बोधन गर्नुहुदै मन्त्री साहले ठुल ठुला शहरहरु नदिका किनारमा नै रहेको भन्दै गोवरगाढालाई पनि शहर वनाउन आफ्नो प्रयास रहेको वताउनुभयो।वितरित सोलारले वतीका साथै मोबाइल चार्जमा समेत मद्दत पुग्नेछ भने अवरुद्घ विद्युतको संचालन पनि छिटै हुने मन्त्री साहले आश्वासन पनि दिनुभयो ।कार्यक्रममा जसपा प्रदेश समिति सदस्य गुडडु सिंह,जसपा जिल्ला उपसचिव रामचन्द्र साह,जसपा नेता ईन्द्रदेव यादव,राधादेवी यादव,कुशेश्वर यादव,पत्रकार अवधेश झा,भुपदेव माली, जितेन्द्र जितु लगायतको उपस्थित रहेको थियो ।यता मन्त्री साह डुंगा र ट्रेकटरको सहयोगमा गोवरगाढा आफै पुगेर सोलार सामग्री वितरण गरेका थिए।
भोक्राहा नरसिंह गाउँपालिकाद्वारा स्वास्थ्य संस्थालाई कम्प्युटर तथा प्रिन्टर सेट हस्तान्तरण
इनरुवा । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा PAMS V2 र EHMIS प्रणाली अद्यावधिक तथा प्रभावकारी रूपमा सञ्चालन गर्न...










Discussion about this post