चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउॅपालिका गाउँ कार्यपालिकाको प्रशासन शाखाको आयोजनामा बिहीबार सेवाप्रवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताको विशेष आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा गाउॅपालिका प्रमुख प्रशासकीय अधिकृत मेहताले सेवाप्रवाहका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकाे थियोे ।
कोभिड-१९ माहामारीले पीडित भएका व्यक्ति/परिवारले नगद अनुदान प्राप्त गर्न, बैमौसमी वर्षाको कारणले क्षती भएका किसानहरूलाई राहत उपलव्ध गराउन, सामाजिक सुरक्षा भत्ता वितरणमा, विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन लगायतमा भइ रहेको ढिलाई लगायतलाई पहिलो प्राथमिकता दिई सेवा प्रवाहलाई सरल र सहज वनाउनु पर्नेमा प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले जोड दिए ।
त्यस्तै कर्मचारी अनुशासन, आज्ञापालन र इमान्दारिता वहन गर्न विर्सन नहुने भनाई गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहताले राखेकी थिइन्। सेवाप्रवाहका सम्वन्धमा कुनै पनि कठिनाइ, समस्या भएको खण्डमा जुनसुकै वेला सो सम्वन्धी सहजिकरण गर्न कार्यालय तयार रहेको प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत मेहताले व्यक्त गरे ।
कार्यक्रममा दर्ता, चलानी, अभिलेख व्यवस्थापन, भर्पाइ, सर्जमिन मुचुल्का, अनुगमन निरीक्षण, प्रतिवेदन, आर्थिक अख्तियारी, राजस्व संकलन, खर्च, भूक्तानी, जिम्मेवारी र उत्तरदायित्व लगायतको विषयमा सहजिकरण गरिएको थियो ।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post