इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विभिन्न दल परित्याग गरि नेकपा एकिकृत समाजवादीमा एक सयजना भन्दा बढी प्रवेश गरेका छन ।
नेपाली काग्रेसबाट सुरेन उराँवको नेतृत्वमा प्रवेश गरेका नवप्रवेशीहरुलाई नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य महफुज आलमले अविर टिका लगाएर स्वागत गरेका थिए ।
सुनसरीको मधेशी बाहुल क्षेत्रमा पछिल्लो समय विभिन्न दल परित्याग गरि नेकपा एसमा प्रवेश हुने लहर चलेको समयमा बिहिबार भोक्राहा–नरसिहमा एकसय भन्दा बढी प्रवेश गरेका हुन ।
मधेशी, मुस्लीम, आदीवासी जनजाती, दलित, महिला, किसान, मजदुर, युवा विद्यार्थीहरुको पत्ती पुराना राजनितिक दलबाट सधै ठगिदै आएकाले नयाँ दलका रुपमा प्रष्ट राजनितिक विचार मुल्य मान्यता बोकेको पार्टीका रुपमा रहेकाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रिय प्रतिनिधि परिषद सदस्य किरण कार्की, सुनसरी अध्यक्ष गोविन्द तिम्सीना, प्रदेश सदस्य तिर्थ अधिकारी, जिल्ला सचिव बसन्त सुवेदी, जिल्ला सदस्यहरु प्रकाश कार्की, कदमलाल उराँव, दिनेश साह, चन्देश्वर मेहता, कलिम अन्सारी, बच्चालाल यादव, जगदिश मेहता, पेशल नेपाल, दुर्गा भुजेललगायतको सहभागीता रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post