इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकिकृत समाजवादीको अध्यक्षमा सुरेन उराँव चयन भएका छन ।
बिहिवार नरसिहमा आयोजित वडाभेलाले सुरेन उराँवको अध्यक्षतामा ७५ सदस्य वडा कमिटी गठन गरेको हो ।
नेकपा एसका भोक्राहा–नरसिह गाउपालिका अध्यक्ष जावेद आलम अन्सारीका अनुसार नवगठित कमिटीको उपाध्यक्षमा पार्वति साह, लक्ष्मण मेहता, सचिवमा धिरेन मण्डल उपसचिवमा सुर्यनारायण मण्डल र दामोदर यादव रहेका छन ।
भेलामा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रिय प्रतिनिधि परिषद सदस्य किरण कार्की, सुनसरी अध्यक्ष गोविन्द तिम्सीना, प्रदेश सदस्य तिर्थ अधिकारी, जिल्ला सचिव बसन्त सुवेदी, जिल्ला सदस्यहरु प्रकाश कार्की, कदमलाल उराँव, दिनेश साह, चन्देश्वर मेहता, कलिम अन्सारी, बच्चालाल यादव, जगदिश मेहता, पेशल नेपाल, दुर्गा भुजेललगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न दल परित्याग गरि १ सय भन्दा बढी नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेकपा एसका पोलिट व्युरो सदस्य महफुज आलमले अविर टिका लगाएर स्वागत गरेका थिए ।
भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...










Discussion about this post