इनरुवा ।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएसँगै सुनसरीको भोक्राहा नरसिंहमा नेकपा (एमाले) प्रवेशको लहर चलेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा हरेक दिनजसो अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको नेकपा एमाले गाउँ कमिटी अध्यक्ष रामकुमार मेहताले जानकारी दिए ।
नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष मेहतका अनुसार शनिबार भोक्रहा नरसिंह गाउँपालिका वडा नं.३ का समाजसेवी एंव जसपा नेपालका नेता ब्रहमदेव यादव सहित १ सय भन्दा बढी नेता तथा कार्यक्रर्ताहरु नेपाल कमुनिष्ट पार्टी एमालेमा प्रवेश गरेको बताए ।
शनिबार भोक्राहा नरसिंह गाउँ कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका ब्रहमदेब यादवको नेतृत्वमा जसपा नेपाल र नेपाली कांग्रेस पार्टी , नेकपा मओवादी केन्द्र परित्याग गरी १ सय १३ जनाको संख्यामा नेकपा एमालेमा प्रवेश गरेको छ ।
नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एंव प्रदेश नं.१ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र प्रदेश नंं.१ का पूर्व वन वतावरण उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियैत तथा नेता रामप्रसाद मेहता लगायतका नेताहरुले स्वागत गरेको गाउँ कमिटी सचिव हात्तिम अंसारीले जानकारी दिए ।
सो अवसरमा बोल्दै प्रदेश नं.१ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्यले एमाले बिना देश र जनताको समृद्धि असम्भव रहेको जनाउँदै एमाले प्रति विश्वास गरेर देशैभर एमालेमा प्रवेश गर्नेको लहर चलेको दावी गरे । केपि ओली नेतृत्वको सरकारले जनहित र राष्ट्रहितको काम गरेकाले प्रतिगामी तत्वहरु मिलेर षड्यन्त्रपूर्वक सरकार ढालेको जिकिर गर्दै उनले अबको निर्वाचनमा तीनै तहमा एमालेको सरकार बन्ने वातावरण बनिसकेकाले यसलाई रोक्न कसैले नसक्ने ठोकुवा गरे ।
नवप्रवेशीहरुले दलित, गरिब, उत्पिडित र पछाडि परेका वर्गको उत्थान गर्न नेकपा एमालेले मात्र सक्ने भन्दै आफुहरु एमालेमा प्रवेश गरेको बताएका छन् ।
Discussion about this post